हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनद्वारा तीनधारे चियाबारी र जोगमाया चियाबारीमा भ्रमण
हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनद्वारा तीनधारे चियाबारी र जोगमाया चियाबारीमा भ्रमण साथै सभा सम्पन्न


खरसाङ, 04 जुलाई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समिति र तीनधारे महानदी समष्टिको जोनल कमिटीले तीनधारे चियाबारी र जोगमाया चियाबारीमा प्रतिनिधिहरुसित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। यस टोलीमा युनियनको खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, महासचिव जनक छेत्री, तीनधारे महानदी जोनल कमिटीका संयोजक राजेस थापा लगायत अन्यहरु सामेल थिए।

विशेष गरेर चुनाउ परिणापछि कुनै भेटघाट नभएकाले सबै युनिट कमिटीका पदाधिकारीहरुसित भेटघाट र सांगठनिक गतिविधि विषयमा चर्चा परिचर्चा गर्न सो भ्रमण गरिएको बताइएको छ। उक्त टोलीले तीनधारे चियाबारी र जोगमाया चियाबारीमा पुगेर युनिट कमिटीको पदाधिकारीहरुसित भेटघाट गरेका छन्।

युनियनको खरसाङ महकुमा समितिका सभापति सागर गुरुङले तीनधारे महानदी जोनल कमिटीपछि खरसाङ गिद्ध पहाड, पंखाबारी अम्बटे लङ्भ्यू, टुंग सन्तमेरिज, सोनादा पचेङ, तकदाह टिस्टाभेल्ली साथै तराई क्षेत्रमा पनि युनिट कमिटीका पदाधिकारीहरुसित भेटघाट गरिने बताएका छन्।उनले खरसाङ महकुमा अन्तर्गत पर्ने सबै युनिट कमिटीहरुमा भेटघाट र सांगठनिक गतिविधिलाई अघि बढाउन काम गरिने बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande