
खरसाङ, 04 जुलाई (हि.स.)। खरसाङका विधायक सोनाम लामाको परामर्शमा गोर्खा जन पुस्तकालय अनि प्रज्ञा साझा मञ्चको सयुक्त तत्वावधानमा आयोजन हुन गइरहेको 35औँ नेपाली भाषा मान्यता दिवस 2026 विषय एक जरूरी सभा खरसाङको स्थानीय गोर्खा जन पुस्तकालयको अध्ययन कक्षमा सम्पन्न भएको छ। सभामा गोर्खा जन पुस्तकालयका सदस्यहरू एवम् प्रज्ञा साझा मञ्च तथा सूचना अनि सांस्कृतिक विभागका प्रतिनिधिहरू उपस्थित रहेका थिए।
आगामी 35औँ नेपाली भाषा मान्यता दिवस संयुक्त रुपमा भव्यताका साथ पालन गरिने उद्देश्य लिएर सभामा कार्यक्रमको रूपरेखा तयार पारियो। साथै, भाषा मान्यता दिवस पालन गर्नलाई कमिटी पनि गठन गरिएको छ? जसमा संरक्षक विधायक सोनाम लामा, सभापति प्रकाश प्रधान, उप सभापति विनोद रसाइली अनि शशी थापा आले, सचिव उषाकिरण सत्यदर्शी, सह सचिव राजेस गजमेर अनि विकास लामा अनि कोषाध्यक्ष सुरेन कटुवाल, सह कोषाध्यक्ष राकेश सिंह चयन भएका छन्।
त्यसरी नै सल्लाहकारहरूमा आईएन शर्मा, रमेश थापा, आशा मुखिया लामा, गोमा सुब्बा, तिलक शर्मा, प्रदीप शेर्पा, पारसचन्द्र आले अनि प्रितम कुमार छेत्री रहेका छन्। यसको प्रसार प्रचार सचिव गोविन्द छेत्री, सह सचिव सिल्भेष्टर लेप्चालाई चयन गरिएको जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक