मङ्पूमा भारतीय प्रजातिको अजिङ्गर उद्धार
22.430 किलोको भारतीय प्रजातिको अजिङ्गर उद्धार


खरसाङ, 04 जुलाई (हि.स.)। मङ्पूको रेसेप भानुटोलस्थित दीपेन भुजेलको बारीमा इश्कुसको झ्याङबाट लगभग 22 किलो 430 ग्राम तौलको भारतीय अजिङ्गर सिन्चेल वाइल्डलाइफ ईस्टका वनकर्मीहरूले सफलतापूर्वक उद्धार गरेका छन्।

सिन्चेल वाइल्डलाइफ ईस्टका फरेस्ट रेन्जर प्रिय ब्लोनको नेतृत्वमा पुगेको टोलीले सुरक्षित रूपमा अजिङ्गरलाई नियन्त्रणमा लिएर आवश्यक व्यवस्थापनका लागि लगेको हो। स्थानीय स्रोतका अनुसार, मङ्पू वन विभागले यसअघि पनि यस क्षेत्रमा धेरै भारतीय अजिङ्गर उद्धार गरिसकेको भए पनि यस पटक उद्धार गरिएको अजिङ्गर हालसम्मकै सबैभन्दा ठूलो रहेको बताइएको छ।

अजिङ्गरलाई कुनै क्षति नपुर्याई सुरक्षित रूपमा उद्धार गरिएकोमा स्थानीय गाउँवासीहरूले वनकर्मीहरूको टोलीप्रति आभार व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande