सरस्वती विद्या निकेतन साम्दोङमा समीक्षात्मक एवं मूल्याङ्कन बैठक सम्पन्न
सरस्वती विद्या निकेतन साम्दोङमा समीक्षात्मक एवं मूल्याङ्कन बैठक सम्पन्न


गान्तोक, 04 जुलाई (हि.स.)। विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले सरस्वती विद्या निकेतन, साम्दोङमा समीक्षात्मक एवं मूल्याङ्कन बैठक गरेका छन्। उनले सोमवार विद्यालयको भ्रमण गरेर शैक्षिक गतिविधि अवलोकन गर्नुका साथै विद्यार्थीहरूसॅंग अन्तरक्रिया पनि गरे।

संयोजक शर्मा भ्रमणका क्रममा विद्यालय सञ्चालन समितिका अध्यक्ष, सल्लाहकार, विद्यालयका प्रधानाचार्यको उपस्थितिमा यस शैक्षिक सत्रको समीक्षा एवं मूल्याङ्कन गरे। विशेष गरी माखादेखि डिक्चु मार्गको वर्तमान अवस्था सोचनीय बनेकाले विद्यालयका साथै स्थानीय जनसाधारणलाई धेरै समस्या भइरहेको विषयमा छलफल गरिएको बताइएको छ।

सडक मार्गको दुरावास्थाका कारण विद्यालयको वाहन सुचारू रूपमा सञ्चालन गर्न नसकिएको र विद्यार्थीहरूको सुरक्षाको ठूलो चिन्ताको विषय बनेको छ। यातायात अवरुद्ध बनेकाले विद्यालय सञ्चालन समेत प्रभावित बनिरहेको छ।

यस अतिरिक्त, विद्यालयको संख्यात्मक विवरण, छात्र वृद्धि, आर्थिक व्यवस्था, आगामी कार्यक्रम आदि जस्ता विषयहरूमाथि पनि चर्चा भएको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande