मिरिकमा पैसा ठगी प्रकरणको खुलासा
Money fraud in mirik


मिरिक, 05 अगस्त (हि.स.)। मिरिकमा पैसा ठगी प्रकरणको खुलासा भएको छ। प्राप्त जानकारी अनुसार, मिरिकको सिंगबुली निवासी दिपा छेत्रीले विभिन्न ब्याङ्कहरुबाट 17 जनाको नाममा लोन निकालेर ठगी गरेको पीडितहरुले आरोप लगाएका छन्।

पीडितहरुको पक्षमा पहिलेबाट नै प्राथमिकी दर्ता भए पनि आरोपीको पक्राउ भने नभएको जानकारी प्राप्त भएको छ। यस्तोमा पीडितहरुले आज पुन: मिरिक पुलिस थानामा गुहार लगाएका थिए।

पीडितहरुको पक्षमा न्याय एनजीओ अघि आएको छ। न्याय एनजीओका अधिवक्ता स्काई शर्माले ठगीबारे पत्रकारहरुलाई सम्बोधन गर्दै विस्तृत रुपमा जानकारी गराएकी छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande