
कोलकाता, 06 अगस्त (हि.स.)। पश्चिम बङ्गालमा सत्ता परिवर्तन भएपछि भारतीय जनता पार्टी (भाजपा)-ले भ्रष्टाचार औ अनुशासनहीनताविरूद्ध आफ्नो जीरो टलरेन्स नीतिलाई क्रियान्वयन गर्दै बितेको तीन महिनाभित्रमा आफ्ना 2 सयभनन्दा अधिक नेता तथा कार्यकर्ताहरूविरूद्ध कारबाही गरिसकेको छ। पार्टीको राज्य एकाईको अनुशासन समितिले पहिलो पटक यस कारबाहीको विस्तृत ब्यौरा सार्वजनिक गरेको छ।
समिति अनुसार मई, जून र जुलाईको अवधिमा भ्रष्टाचार, धन आर्जन, अनुशासनहीनता तथा पार्टीको नीति विपरीत आचरणसित सम्बन्धित लगातार आइरहेका सिकायतहरूको आधारमा 200 भन्दा अधिक मानिसहरूलाई कारण बताऊ नोटिस जारी गरियो। यीमध्ये लगभग 50 वटा नोटिस 4 मईमा विधानसभा चुनाउ परिणाम घोषणा भएको पहिलो तीन साताभित्रमै जारी गरिएको थियो।
आन्तरिक अनुशासन समितिका एकजना सदस्यले बताए, कारण बताऊ नोटिस पाउने सबै नेता तथा कार्यकर्ताहरूलाई आगामी आदेश नआउञ्जेलसम्म सङ्गठनात्मक गतिविधिहरूदेकि टाड़ा बस्ने निर्देश दिइएको थियो जसलाई अनिश्चितकालीन निलम्बन जस्तै मानियो।
समिति अनुसार अहिलेसम्ममा यस्ता पचास प्रतिशत मामिलाहरूलाई सुल्झाइसकिएको छ। कतिपय मानिसहरूले बिना शर्त मापी मागे भने कतिपयले आफ्नो पक्षमा प्रमाण प्रस्तुत गरे। सन्तोषजनक जवाफ पाएपछि यस्ता मानिसहरूलाई निलम्बन फिर्ता लिई पुनः सङ्गठनात्मक गतिविधिहरूमा सामेल गरियो।
तथापि 100 भन्दा अधिक नेता औ कार्यकर्ताहरू अहिले पनि अनिश्चितकालीन निलम्बनको परिधिभित्र छन्। यीमघ्ये लगभग 30 जनामाथि भ्रष्टाचार अनि धन आर्जनको गम्भीर आरोप लागेको छ। अन्य निलम्बित मानिसहरूमाथि पार्टी अनुशासनको उल्लङ्घन, नेतृत्वका निर्देशहरूको अवहेलना तथा प्रतिद्वन्द्वी राजनीतिक दलहरूको कार्यालयमा बलजफ्ती कब्जा गर्ने जस्ता आरोपहरू लगाइएको छ।
अनुशासन समितिका सदस्यले भने, बितेको तीन महिनाभित्रमा भएको कारबाहीको ब्यौराले यो साबित गर्छ कि पार्टी नेतृत्वको चेताउनी औपचारिक मात्र थिएन। साथै ती मानिसहरूको लागि पनि स्पष्ट सन्देश हो जो अहिले पनि पार्टी नीतिको विपरीत गतिविधिहरूमा सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा