
वासिङ्टन, 06 अगस्त (हि.स.)। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वमा सैन्य हतियारको भण्डारको अभाव भएको दाबीलाई अस्वीकार गरेका छन्। उनले भने, अमेरिकासँग हतियारको पर्याप्त र भारी भण्डार छ। उनले सैन्य भण्डारको बारेमा जानकारी लीक गर्नेहरूलाई मुद्दा चलाइने र लामो जेल सजाय भोग्नुपर्ने चेताउनी दिए।
ट्रम्पको टिप्पणी सीएनएनको रिपोर्टपछि आएको हो। रिपोर्टमा स्रोतहरूलाई उद्धृत गर्दै अमेरिकी सैन्य कमान्डरहरूले इरानसँगको द्वन्द्वपछि केही हतियारहरू, विशेष गरी हवाई रक्षा इन्टरसेप्टरहरूको भण्डारमा खतरनाक कमी आएकोमा चिन्ता व्यक्त गरेकाे बताइएको छ।
राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमा भने, संयुक्त राज्य अमेरिकासँग विशेष गरी हतियार र गोलाबारुदको ठूलो भण्डार छ। आवश्यकताअनुसार ठूलो मात्रामा उत्पादन भइरहेको छ। रक्षा कम्पनीहरूले अमेरिकी इतिहासमा सबैभन्दा धेरै प्लान्ट र कारखानाहरू स्थापना गरिरहेका छन्। अफवाह फैलाउने देशद्रोही तत्वहरूको खोजी भइरहेको छ। त्यस्ता व्यक्तिहरूलाई समात्ने र उनीहरूलाई लामो जेल सजाय दिने प्रयास गरिनेछ।
--------
हिन्दुस्थान समाचार / बिशाल