अज्ञात वाहनको ठक्करले बाइक सवार तीन युवकको मृत्यु, जाँचमा जुट्यो पुलिस
अज्ञात वाहनको ठक्करले बाइक सवार तीन युवकको मृत्यु, जाँचमा जुट्यो पुलिस


औरैया, 06 अगस्त (हि.स.)। उत्तर प्रदेशको औरैया जिल्ला अधिनस्थ बिधुना कोतवाली क्षेत्रको बिधुना-ऐरवा कटरा मार्गमा रठगाउँस्थित एचपी पेट्रोल पम्प अगाड़ि गए बुधवार अबेर राती भएको भयङ्कर सड़क दुर्घटनामा बाइक सवार तीन जना युवकहरूको मृत्यु भयो। दुर्घटनापछि क्षेत्रमा शोक व्याप्त भएको छ। पुलिसले शवहरूलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाएर अज्ञात वाहनको खोजीमा जुटेको छ।

बुधवार राती लगभग 12 बजे एउटा बाइकमा सवार तीन जना युवकहरूलाई कुनै अज्ञात वाहनले ठक्कर दियो। यस भयानक ठक्करमा तीनै जना गम्भीर रूपमा घाइते भएर सड़कमा लड़े। बटुवाहरूको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले घाइतेहरूलाई सामुदायिक स्वास्थ्य केन्द्र बिधुनामा पुऱ्याए जहाँ चिकित्सकहरूले तीनै जनालाई मृत घोषित गरिदिए।

पुलिस क्षेत्राधिकारी बिधुना पी. पुनीत मिश्रले बताए, प्रारम्भिक जाँचमा यो सड़क दुर्घटना प्रतीत भइरहेको छ। पुलिसले आवश्यक कानूनी कारबाही शुरू गर्दै दुर्घटनाको कारण पत्तो लगाउन जाँच गरिरहेको छ। साथै ठक्कर दिने अज्ञात वाहनलाई खोज्नको लागि वरपरका क्षेत्रहरूमा जाँच गरिँदैछ।

मृतकहरूको पहिचान ऐरवाकटरा थाना क्षेत्रको सराय कछवाहा गाउँ निवासी मोनु, पुत्र प्रमोद, छोटु, पुत्र सुरेश औ ह्याप्पीको रूपमा भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande