दिव्येन्दु अधिकारीको अध्यक्षतामा पश्चिम बङ्गाल विधानसभाको 14 सदस्यीय उद्योग, वाणिज्य एवंं उद्यम स्थायी समिति गठित
दिव्येन्दु अधिकारीको अध्यक्षतामा पश्चिम बङ्गाल विधानसभाको 14 सदस्यीय उद्योग, वाणिज्य एवंं उद्यम स्थायी समिति गठित


कोलकाता, 06 अगस्त (हि.स.)। पश्चिम बङ्गाल विधानसभाको वर्ष 2026-27 को लागि उद्योग, वाणिज्य एवं उद्यम सम्बन्धी स्थायी समिति गठन गरिएको छ। 14 सदस्यीय यस समितिको कमान मुख्यमन्त्री शुभेन्दु अधिकारीका भाइ तथा भाजपा विधायक दिव्येन्दु अधिकारीलाई सुम्पिइएको छ।

यो समितिले उद्योग, वाणिज्य एवं उद्यम जस्ता महत्वपूर्ण विषयहरूको नीति सम्बन्धी सुझाउ दिने तथा विभिन्न विभागीय कार्यहरूको समीक्षा गर्दछ।

समितिका अध्यक्ष दिव्येन्दु अधिकारीको नेतृत्वमा गठित यस स्थायी समितिमा बिल्लेश्वर सिन्हा, बिस्वजीत महतो, चिन्मय देव बर्मन, दिलीप सिंह, कृष्णेन्दु मुखर्जी, प्राण कृष्ण तपादार, सञ्जय कुमार सिंह, सिद्धार्थ मजुमदार, सौमेन कारफा, सुदीप्तो दास, अखरुज्जमान, समर मुखर्जी, अरूप राय औ बिमान ब्यानर्जीलाई सदस्य बनाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande