बङ्गाल सरकारले पूर्व खेलाड़ीहरूलाई प्रतिमहिना दश हजार रुपियाँ दिने, मुख्यमन्त्री कृति क्रीड़ाविद सम्मान योजनाको अधिसूचना जारी
बङ्गाल सरकारले पूर्व खेलाड़ीहरूलाई प्रतिमहिना दश हजार रुपियाँ दिने, मुख्यमन्त्री कृति क्रीड़ाविद सम्मान योजनाको अधिसूचना जारी


कोलकाता, 15 सेप्टेम्बर (हि. स.)। पश्चिम बङ्गाल सरकारले पूर्व र वरिष्ठ खेलाड़ीहरूलाई आर्थिक सहायता दिने दिशामा ठूलो कदम उठाएको छ। राज्य सरकारले मुख्यमन्त्री कृति क्रीड़ाविद सम्मान योजना अन्तर्गत पात्र खेलाड़ीहरूलाई हरेक महिना 10 हजार रुपियाँको सम्मान भत्ता दिने औपचारिक घोषणा गर्दै मङ्गलवार अधिसूचना जारी गऱ्यो। राज्य सरकारले यस योजनाको घोषणा आप्नो बजटमा पहिलाबाटै गरेको थियो।

अधिसूचना अनुसार योजनाको लाभ लिनका लागि आवेदकको उमेर आवेदनको समयमा 40 वर्ष हुनुपर्छ भने आवेदक पश्चिम बङ्गालको नागरिक हुनुपर्छ। यस अतिरिक्त खेलाड़ीले राष्ट्रिय खेल वा यसै स्तरको कुनै प्रतियोगितामा पश्चिम बङ्गाललाई प्रतिनिधित्व गरेर पदक हासिल गरेको हुनुपर्छ।

योजना अन्तर्गत यस्ता खेलाड़ीहरू पनि पात्र हुनेछन् जसले ओलम्पिक, विश्व च्याम्पियनशिप, राष्ट्रमण्डल खेल, एशियाली खेल वा प्यारा स्पोर्ट्स जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भारतको प्रतिनिधित्व गरेको होस्।

तथापि केन्द्र वा राज्य सरकार, ब्याङ्क अथवा सार्वजनिक क्षेत्रको उपक्रममा कार्यरत सक्रिय कर्मचारीहरूलाई यस सम्मान भत्ताको लाभ प्राप्त हुनेछैन। अर्थात सरकारी नोकरी वा सम्बन्धित संस्थानहरूमा सक्रिय सेवामा रहेका खेलाड़ीहरू पनि यसको घेराभित्र पर्नेछैनन्।

आवेदकले आफ्नो जिल्लाका जिल्लाधीकारी समक्ष आवेदन गर्नुपर्छ। कोलकाताका आवेदकहरूले संयुक्त सचिव समक्ष आवेदन गर्नुपर्नेछ। पात्र लाभार्थीहरूले हरेक वर्षको 30 नोभेम्बरभित्रमा जीवन प्रमाण पत्र पनि जमा गर्नुपर्नेछ।

राज्य सरकारले योजना अन्तर्गत पात्रताको जाँच अनि चयनको लागि एक स्क्रीनिङ्ग कमिटी गठन गरेको छ। समितिका अध्यक्ष अतिरिक्त मुख्य सचिव, प्रधान सचिव वा सचिव स्तरका अधिकारी हुनेछन्। समितिमा भारतीय खेल प्राधिकरणका क्षेत्रीय निदेशक, खेल विभागका एकजना सचिव वा संयुक्त सचिव, चार जजना खेल हस्तिहरू तथा राज्यको खेल क्षेत्रसित सम्बन्धित राज्य परिषदका सचिवलाई सदस्यको रूपमा सामेल गरिएको छ।

सबै निर्धारित शर्तहरू पूरा गर्ने पात्र खेलाड़ीहरूलाई राज्यको खेल विभागको माध्यमबाट हरेक महिना दश हजार रुपियाँको सम्मान भत्ता दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande