राष्ट्रपतिले ‘नुआखाई’ का अवसरमा देशवासीलाई शुभकामना दिइन्
प्रतीकात्मक


नयाँ दिल्ली, १५ सेप्टेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले मंगलबार कृषिसँग सम्बन्धित सामुदायिक पर्व ‘नुआखाई’ का अवसरमा देशवासीलाई शुभकामना दिएकी छन्।

राष्ट्रपति मुर्मूले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शुभकामना दिँदै कृषिसँग सम्बन्धित सामुदायिक पर्व ‘नुआखाई’ का अवसरमा देशवासी तथा ओडिशाका जनतालाई हार्दिक शुभकामना दिएकी छन्। उनले नुआखाई केवल परम्परागत पर्व मात्र नभई सामुदायिक भोज तथा साथीभाइसँग सामाजिक र पारिवारिक आत्मीय भेटघाटको प्रतीक पनि रहेको बताएकी छन्। यस पर्वले आपसी सद्भाव र भाइचारालाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले यस अवसरमा सबैका लागि सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्।

उल्लेखनीय छ, नुआखाई ओडिशा, छत्तीसगढ र झारखण्डका केही भागमा मनाइने प्रमुख कृषि तथा सामुदायिक पर्व हो। नयाँ बाली, विशेषगरी नयाँ धानको स्वागत तथा भगवानप्रति कृतज्ञता व्यक्त गर्न यो पर्व मनाइन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande