
गान्तोक, 17 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले विश्वकर्मा पूजाको पावन अवसरमा बिहीबार गान्तोकका विभिन्न स्थानमा आयोजित पूजा कार्यक्रममा सहभागी भई विधिपूर्वक पूजा-अर्चना गरेका छन्।
लोकभवनका अनुसार, राज्यपाल माथुरले विभिन्न पूजा पण्डालको भ्रमणका क्रममा आयोजित हवनमा सहभागी भए। उनले भगवान विश्वकर्मासँग सम्पूर्ण सिक्किमवासीको उत्तम स्वास्थ्य, सुख, समृद्धि तथा कल्याणका लागि प्रार्थना गरे।
पूजा भ्रमणका क्रममा राज्यपाल लोकभवन परिसरमा आयोजित विश्वकर्मा पूजा कार्यक्रममा सहभागी भए। त्यहाँ उनले आयुक्त एवं सचिव जितेन्द्र सिंह राजेसहित उपस्थित अधिकारी तथा कर्मचारीहरूसँग श्रद्धापूर्वक पूजा-अर्चना गरे।
यसै क्रममा राज्यपाल टाशीलिङ सचिवालयमा अखिल सिक्किम चालक सङ्घद्वारा आयोजित विश्वकर्मा पूजा कार्यक्रममा पनि सहभागी भए। त्यसपछि उनी एसएनटीको बस अड्डामा आयोजित पूजा समारोहमा मुख्य अतिथिका रूपमा सहभागी भए।
---------------
हिन्दुस्थान समाचार / बिशाल