
मुम्बई, 16 सेप्टेम्बर (हि.स.)। ठाणे जिल्लाको डोम्बिवलीस्थित रामनगर क्षेत्रमा चार वर्षीय अबोध बालिकालाई दुष्कर्म गरेको आरोपमा 85 वर्षीय छिमेकी वृद्धलाई पक्राउ गरेको छ। यस मामिलाको गहन जाँचबुझ रामनगर पुलिस स्टेशनको टीमले गरिरहेको छ।
मामिलाको जाँचसित सम्बन्धित पुलिस अधिकारीले बताए, रामनगर क्षेत्रमा आज चार वर्षीय बालिका घर बाहिर खेलिरहेकी थिई। यसै अवधि छिमीकेल बालिकालाई प्रलोभन देखाएर आफ्नो घरमा लिएर गयो अनि उसित दुष्कर्म गरी त्यहाँबाट भाग्यो। बालिका भने रूँदै घरमा आएर आफूमाथि भएको सबै कुरा आफ्नी आमालाई बताई। त्यसपछि आमाले छोरीलाई लिएर तुरून्तै रामनगर पुलिस स्टेशनमा पुगी सिकायत दर्ता गराई। सिकायतको आधारमा पुलिसले आऱोपीविरूद्ध पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरी उसलाई पक्राउ गरेको छ। बालिकाको मेडिकल जाँच सहित आवश्यक प्रक्रिया पूरा गरिँदैछ। यस मामिलासित सम्बन्धित सबै पाटो र पक्षहरूको जाँच गरिँदैछ भने यसो आधारमा अग्रिम कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा