अवैध रूपमा बस्दै आएका दुई बङ्गलादेशी नागरिक दिल्ली पुलिसको हिरासतमा
अवैध रूपमा बस्दै आएका दुई बङ्गलादेशी नागरिक दिल्ली पुलिसको हिरासतमा


नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। दिल्ली पुलिसको आउटर जिल्ला विदेशी सेलले पश्चिम विहार क्षेत्रमा अवैध रूपमा बस्दै आइरहेका दुई जना बङ्गलादेशी नागरिकहरूलाी हिरासतमा लिएको छ। दुवै आऱोपी ग्रीसको भिजा हासिल गर्ने प्रयासमा थिए जसले यहाँ लुकेर बस्नको लागि ठाउँ खोजिरहेका थिए।

पुलिस अनुसार पक्रा पर्ने आरोपीहरूको पहिचान सिलहट (बङ्गलादेश) निवासी मोहम्मद तारिक अहमद (28) र रसेल अहमद (27)- को रूपमा भएको छ। विदेशी सेलको टीमले क्षेत्रमा अवैध विदेशी नागरिकहरूलाई चिन्हित गर्नको लागि नियमित सत्यापन अभियान सञ्चालन गरिरहेको थियो। यसै क्रममा सूचना प्राप्त भयो, दुई जना विदेशी नागरिकहरूले पश्चिम विहारमा ठेगाना कोजिरहेका छन् जो ग्रीस जाने तयारीमा छन्।

पुलिस टीमले क्षेत्रलाई घेराबन्दी गर्दा दुवै संदिग्ध पुलिसकर्मीहरूलाई देखेर अलग-अलग दिशा तर्फ भाग्ने प्रयास गरे। सतर्क टीमले पछ्याएर दुवैलाई समात्यो। जाँचबुझमा उनीहरूले कुनै पनि वैध पहिचान पत्र वा यात्रा दस्तावेज पेश गर्न सकेनन् गहन जाँचमा थाहा लाग्यो, उनीहरूको पासपोर्ट र भिजाको अवधि पहिला नै समाप्त भइसकेको थियो। विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालय (एफआरआरओ)-सित समन्वय गरेर दुवलाई उनीहरूको देश फर्काउने कानूनी प्रक्रिया शुरू गरिएको छ।

पुलिस अब यो पत्तो लगाउनमा जुटेको छ कि दुवै भारतमा कहिले र कुन बाटो भएर छिरेका थिए तथा राजधानीमा यतिका दिनसम्म क-कसको सम्पर्कमा थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande