
नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। दिल्लीको आरके पुरमस्थित अफ्रिका एभेन्यू रोडमा गए बिहीवार राती एउटा द्रूत गतिको कारले सड़क किनारमा कड़ा बाइक सवारलाई ठक्कर दियो। यस घटनामा बाइक सवार घाइते भए। कार चालकलाई घटनास्थलबाटै पक्राउ गरियो।
पुलिस अनुसार घटना राती लगभग 10 बजे अफ्रिका एभेन्यू रोडमा भीकाजी कामा प्लेसदेखि आरके पुरम मेट्रो स्टेशन तर्फ जाने सड़कमा भएको हो। सड़क किनारमा बाइकमा बसेका मुनिरका गाउँ निवासी तनिष टोकस (21)-लाई द्रूत गतिको कारले ठक्कर दियो। यस भयानक ठक्करपछि युवक बाइकदेखि तल झऱ्यो अनि उसको बाइकलाई कारले केही टाड़ासम्म घिसार्दै लग्यो। त्यसैले युवक गम्भीर रूपमा घाइते भएका छन्। हाल कारलाई जपत गरी चालकलाई पक्राउ गरिएको छ। कार चालकको पहिचान वसन्त कुञ्ज निवासी वेनुगोपाल (73) को रूपमा भएको छ।
पुलिस अनुसार तनिषलाई मेडिकल जाँचको लागि पठाइएको छ जहाँ उसको अवस्था सामान्य रहेको बताइएको छ। कार चालकको पनि मेडिकल जाँच गराइयो। जाँचमा चालकले नशा सेवन गरेको पाइएन।
यस मामिलामा आरके पुरम थानामा प्राथमिकी दर्ता गरिएको छ। बीएनएसको धारा अन्तर्गत मामिला दर्ता गरी मामिलाको जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा