
कोलकाता, 18 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्य पुलिस बलको आधुनिकीकरण तथा यसलाई अधिक मजबुत बनाउनको लागि केही महत्वपूर्म उपायहरूको घोषणा गरेका छन्। कोलकाता पुलिस मुख्यालय लालबजारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, कुनै पनि आपदामा कार्यबल र तत्काल प्रतिक्रिया वाहन दुवै हुनु समान रूपमा आवश्यक छ।
मुख्यमन्त्रीले घोषणा गरे, दुर्गा पूजापूर्व प्रत्येक थानलाई एक आपतकालीन वाहन उपलब्ध गराइनेछ। महालयको अवसरमा ब्रिगेड परेड ग्राउण्डमा आयोजित एक कार्यक्रममा यी वाहनहरू पुलिस बलहरूलाई सुम्पिइनेछ।
पुलिस विभागको प्रभार सम्हालिरहेका मुख्यमन्त्रीले आफ्नो जीवनलाई जोखिममा राखेर काम गर्ने पुलिस अधिकारीहरूलाई सम्मान गर्नका लागि विशेष पुरस्कारको घोषणा पनि गरे। उनले भने, सबै पुलिस थानाहरूको आधुनिकीकरण गरिनेछ, महिला सहायता डेस्कलाई अझ राम्रो बनाइनेछ तथा साइबर विभागमा निगरानी बढ़ाइनेछ।
उनले यस कुरामाथिचिन्ता व्यक्त गरे, साइबर अपराधको सिकायत लगातार बढ़िरहेको छ। केही पीड़ितहरूले आफ्नो सम्पूर्ण कमाई गुमाउन परिरहेको छ। यस्तो समस्याको सामना गर्नको लागि उनले सिभिल डिफेन्स कर्मीहरूको एउटा नयाँ दल गठन गर्ने घोषणा गरे जसले दुर्गा पूजापूर्व आफ्नो सेवा शुरू गर्नेछ जसमा अग्निशामक पनि सामेल रहनेछ।
चक्रवात आउँदा पछिल्लो सरकारको विफलतालाई स्मरण गर्दै मुख्यमन्त्रीले भने, त्यसबेला अन्य राज्यबाट आपदा प्रबन्धन दललाई बोलाउनु परेको थियो जबकि स्थानीय प्रशासनले सङ्घर्ष गरिरहेको थियो। उनले भने, यस स्थितिलाई फेर्नुपर्छ अनि पश्चिम बह्गाल पुलिसको बलसङ्ख्या बढ़ाउनुपर्छ। प्रत्येक थानालाई यस्तो वाहन प्रदान गरिने जसको लागि यस वर्षको बजटमा एउटा ठूलो राशि आवन्टन गरिएको छ।
मुख्यमन्त्रीले तल्लो स्तरका पुलिसकर्मीहरूको लागि वित्तीय सहायता दिने घोषणा पनि गर्दै अघि भने, अक्टोबर महिनामा दुर्गा पूजालाई केन्द्र गर्दै राशन, अग्रिम वेतन तथा बढ़ेको भत्ता दिइनेछ।
उनले राज्य विरोधी गतिविधि अनि महिलाहरूविरूद्ध हिंसाप्रति सरकारको शून्य सहनशीलताको नीतिलाई दोहोऱ्याउँदै यस कुरामाथि बल दिए, पुलिसले कसैको पनि आदेशको प्रतीक्षा नगरी तुरून्तै कारबाही गर्नुपर्छ।
भ्रष्टाचारको सन्दर्भमा चेताउनी दिँदै उनले भने, घूस लिँदै गर्दा पुलिसकर्मीहरू पक्रा परेको यो सिलसिला अब बन्द हुनुपर्छ। उनले दुई शब्दमा भने, असुलीको यस संस्कृतिलाई अब रोक्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा