
नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। दिल्ली पुलिसले एकजना महिलालाई लगभग 60 लाख रुपियाँको ठगेको मामिलामा एकजना युवकलाई गुजरातबाट पक्राउ गरिएको छ। उबाट चोरेको सामान पनि जफत गरिएको छ।
पुलिसले बतायो, सिकायत अनुसार यश कैलाश बुलचन्दानी नामक आरोपीले गत 9 जुलाईमा दिल्लीमा पीड़ितासित भेट गरी आफूलाई निवेश विशेषज्ञ बतायो। त्यसपछि आरोपीले निवेश गर्ने नाममा महिलाबाट रुपियाँ र गहना लिन शुरू गऱ्यो। त्यसपछि महिलाको मोबाइल फोन, गहना र एउटा ब्याग लिएर उ भाग्यो। ब्यागभित्र लगभग 14 लाख रुपियाँ नगद र एउटा क्रे़डिट कार्ड पनि थियो। यस घटनापछि पीड़ित महिलाले 17 जुलाईको दिन सफदरगञ्ज एन्क्लेभ थानामा प्राथमिकी दर्ता गराएकी थिई। यस मामिलासित सम्बन्धित बीएनएसको धारा अन्तर्गत प्राथमिकी दर्ता गरियो। त्यसपछि पुलिसले आरोपीलाई खोज्न शुरू गऱ्यो।
जाँच टीमले तकनिकी सर्भिलान्स, सीसीटीभी फुटेज तथा उपलब्ध रेकर्डको जाँचसितै सम्बन्धित एजेन्सी र सर्भिस प्रोभाइडरहरूबाट जानकारी जुटायो। यी जानकारीहरूको विश्लेषण गरेपछि पुलिसले आरोपी गुजरातमा रहेको पत्तो लगायो। त्यसपछि टीमले मेहसाणामा छामारी गरेर यशलाई पक्राउ गऱ्यो।
जाँच गर्दा आरोपीसित लगभग 96 ग्राम पग्लेको सुन, दुई वटा गोल्ड कोइन, एउटा गोल्ड चेन, एउटा डायमण्ड सेट र एउटा मोबाइल फोन रहेको थियो। पुलिसले अब जफत गरिएका सामग्रीहरूको पहिचान र सम्पूर्ण लेदेनको जाँच गरिरहेको छ। यो पनि पत्तो लगाइँदैछ, आरोपीले ठगीको रकम र गना कहाँ उपयोग गऱ्यो। यस मामिलाको जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा