बसबाट हेरोइन जफत, एक व्यक्ति पक्राउ
गिरफ्तार अभियुक्त


शिमला, १८ सेप्टेम्बर (हि.स.)। शिमलामा पुलिसले बसको खानतलासीका क्रममा १० ग्राम हेरोइन जफत गरी किन्नौरको एक व्यक्तिलाई पक्राउ गरेको छ।

पुलिस अनुसार, बिहिवार राति विशेष टोलीले गस्तीका क्रममा प्राप्त सूचनाका आधारमा उक्त कारबाही गरेको हो। सोलनतर्फबाट शिमला आउँदै गरेको बसलाई रोकेर खानतलासी लिइयो। बसको सिटमा बसेका एक व्यक्तिको पिठ्युँमा भिरेको झोलाबाट पारदर्शी प्लास्टिकको पोको फेला परेको थियो। त्यसमा हल्का खैरो रङका दुई वटा पोका थिए। परीक्षण गर्दा उक्त पदार्थ हेरोइन रहेको पुष्टि भएको पुलिसले जनाएको छ। जफत पदार्थको कूल तौल १० ग्राम रहेको बताइएको छ।

पक्रा पर्नेमा किन्नौर निवासी ३१ वर्षीय रोहित रहेको छ। पुलिस अनुसार, रोहित बसमा हेरोइन लिएर शिमलातर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि नाकाबन्दी गरी सोलनतर्फबाट आउने बसहरूको जाँच गरिएको थियो। खानतलासीका क्रममा रोहितको झोलाबाट लागुऔषध जफत भएको हो।

यस घटनामा बालुगञ्ज पुलिस थानामा लागुऔषध तथा एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पुलिसले आरोपीलाई पक्राउ गरी अदालतमा पेश गर्ने तयारी गरेको छ।

जफत हेरोइन कहाँबाट ल्याइएको थियो र कहाँ पुर्याउन लागिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको पुलिसले जानकारी गराएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande