
नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। दिल्ली विश्वविद्यालय छात्रसङ्घ (डूसू) चुनाउ हुनै लागेको अवस्थामा दयाल सिंह कलेजमा एनएसयूआईका विद्रोही निर्दलीय उम्मेद्वारमाथि अखिल भारतीय विद्यार्थी परिषद (अभाविप)- को नाममा कथित रूपमा फर्जी पर्चा वितरण गरेको आरोप लागेको छ। आरोप छ, पर्चाको माध्यमबाट विद्यार्थीहरूमा भ्रमको खेती गर्ने प्रयास गरियो। यस मामिलामा कलेज परिसरबाट दुई जना मानिसहरूलाई समातेर पुलिसलाई सुम्पिइएको छ भने यसअघि पनि एकजना व्यक्तिलाई पुलिसलाई सुम्पिइएको बताइएको छ।
आरोप मुताविक दयाल सिंह कलेजमा उपाध्यक्ष पदको लागि चुनाउ लड़िरहेको एनएसयूआईका विद्रोही निर्दयील उम्मेद्वारको नाम उल्लेखित पर्चाहरू अभाविपको नाममा तयार गरिएको थियो। कथित पर्चाहरूमा उम्मेद्वारको नाम सबैभन्दा माथि प्रमुखताले अङ्कित गरिएको थियो। यसलाई चुनाउ आचार नियमहरूको विपरीत बताउँदै आरोप लगाइयो, यसको उद्देश्य विद्यार्थीहरूमा उम्मेद्वारको पहिचानलाई लिएर भ्रम सृजना गर्नुथियो।
कलेज परिसरमा कथित रूपमा जाली सामग्री वितरण गर्दैगर्दै दुई जना मानिसहरूलाई समातेर पुलिसलाई सुम्पिइयो।
घटनाक्रमपछि कलेज परिसरमा चुनाउ प्रचार सामग्री अनि त्यसको उपयोगलाई लिएर प्रश्न उठिरहेको छ। अर्कोतिर पुलिसलाई सुम्पिइएका मानिसहरूसित जाँचबुझ र उपलब्ध सामग्रीको आधारमा अग्रिम कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा