दिलीप घोषले तृणमूल कङ्ग्रेसको चुनाउ चिन्ह फ्रीज भएकोमा कटाक्ष गरे
दिलीप घोषले तृणमूल कङ्ग्रेसको चुनाउ चिन्ह फ्रीज भएकोमा कटाक्ष गरे


खड़गपुर, 18 सेप्टेम्बर (हि.स.)। तृणमूल कङ्ग्रेसको नाम र चुनाउ चिन्हलाई फ्रीज गरिएकोमा ग्राम पञ्चायत मन्त्री दिलीप घोषले कटाक्ष गरेका छन्। उनको दाबी छ, कालीघाटपन्थी तृणमूल र ऋतब्रत खेमाबीच तानातान भएको कारणले यस्तो स्थिति उत्पन्न भएको हो। खड़गपुरमा शुक्रवार बिहान मर्निङ्ग वकपछि पत्रकारहरूसित कुराकानी गर्दै दिलीपले भने, “जोड़ाफूल लुटको प्रतीक हो। तानातान भइरहेको अवस्थामा चुनाउ आयोगलाई घासफूललाई नै उखालेर फालिदिएको छ।”

शुक्रवार बिहान 11 बजेसम्ममा कालीघाटपन्थी् तृणमूल र ऋतब्रत खेमालाई तीन वटा वैकल्पिक नाम अनि चुनाउ चिन्ह चयन गर्ने निर्देश राष्ट्रिय चुनाउ आयोगले दिएको छ। यसलाई लिएर राजनीतिक जगतमा अड़कल तीव्र भएको छ। यसबीच ‘घासमाथि जोड़ाफूल’-को चिन्हलाई ‘लुटको प्रतीक’ बताउँदै दिलीपले कटाक्ष गरे। उनले भने, “हामीले पहिला नै भनेका थियौं कि यसलाई बन्द गरिनुपर्छ। यो लुटको प्रतीक हो।”

तृणमूलका दुवै खेमाबीच चुनाउ चिन्हलाई लिएर भइरहेको तानातानमाथि दिलीपले व्यङ्ग्य कस्दै भने, “तानातान हुँदाहुँदा अब चुनाउ आयोगले घासफूललाई नै उखालिदिएको छ।” त्यसपछि उनले कालीघाटपन्खी तृणमूललाई चुनौती दिँदै भने, “भिन्नै चुनाउ चिन्हमा लड़ेर हेरोस्, तब थाहा हुनेछ कि कोसित कति शक्ति छ।”

निर्वाचन आयोगको निर्णयलाई अन्तिम बताउँदै मन्त्रीले भने, “आयोगले लिएको निर्णयलाई सबैले मान्नुपर्छ।” तृणमूलमाथि हमला जारी राख्दै भनले भने, “तृणमूल अब निर्मूल हो। आगामी दिनमा तृणमूल पनि जानेछ, घाँस पनि जानेछ।”

काकली घोष दस्तीदारका पुत्रका सिकायतको मामिलामा तृणमूलका एकजना प्रवक्तालाई पुलिसद्वारा बोलाइएकोमा पनि उनले प्रतिक्रिया व्यक्त गरे। उनले भने, जननेता अनि जनप्रतिनिधिहरूले बातचित गर्दा संयम अप्नाउनुपर्छ। दिलीप अनुसार “एउटा सीमा हुनुपर्छ। आपस्तमा यस किसिमको कुरा भयो भने राम्रो सन्देश जाँदैन। उनले आफै आफ्नो छविलाई धमिल्याइरहेका छन्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande