
जलपाईगुड़ी, 18 सेप्टेम्बर (हि.स.)। जिल्लाको धुपगुड़ी ब्लक अन्तर्गत माकुरमारी-2 ग्राम पञ्चायतको चौरङ्गी क्षेत्रमा बिजुलीको नाङ्गो तारको चपेटमा परी गृह शिक्षक राजेन्द्र महतोको मृत्यु भयो। घटना गए बिहीवार अबेर राती भएको हो।
जानकारी अनुसार राजेन्द्र ट्यूशन पढ़ाएर मोटरसाइकल मार्फत घर फर्किरहेका थिए। यस अवधि घना वर्षा पनि भइरहेको थियो। वर्षाका कारण चुँड़िएर सड़कमा झरेको बिजुलीको तारको चपेटमा मोटरसाइकल परेपछि राजेन्द्र सड़कमा मुर्छित परे भने त्यहीँ उनको मृत्यु भयो। स्थानीय मानिसहरूले बिजुली विभागलाई कैयौं पटक फोन गरेर बिजुली काट्ने माग गरेको भए पनि समयमा कुनै प्रतिक्रिया नआएको आरोप लगाएका छन्। स्थानीयहरूले आफै ट्रान्सफर्रमलाई बन्द गरेर बिजुली आपूर्तिलाई काटिदिए। तथापि त्यसबेलासम्ममा राजेन्द्रको मृत्यु भइसकेको थियो। घटनापछि आक्रोशित मानिसहरूले बिजुली विभागमा लापरवाही गरेको आरोप लगाउँदै अबेर रातीसम्म प्रदर्शन गरे।
मानिसहरूको आरोप छ, क्षेत्रका कतिपय स्थानहरूमा बिजुलीको तार लामो समयदेखिकै खतरनाक स्थितिमा झुण्डिरहेको छ। सिकायत गर्दा पनि त्यसको मरम्मत गरेको छैन। सूचना पाएर धुपगुड़ी थानाको पुलिस घटनास्थला पुग्यो। प्रदर्शनकारीहरूले शवलाई लैजान दिएनन्। अबेर राती लगभग डेढ़ बजेसम्म विरोध जारी रह्यो। पछि बिजुली विभागका अधिकारीहरू घटनास्थलमा पुगे। अधिकारीहरू अनि पुलिसको पक्षबाट परिवारलाई सरकारी नियम अनुरूप क्षतिपूर्ति दिने तथा क्षेत्रमा क्षतिग्रस्त एवं जोखिमपूर्ण बिजुलीका तारहरू चाँड़ै मरम्मत गर्ने आश्वासन दिइयो। त्यसपछि प्रदर्शन समाप्त भयो।
पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि जलपाीगुड़ी मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा