
कोलकाता, 18 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा यातायात व्यवस्थाको निगरानीलाई अझ बढ़ी पुख्ता बनाउनको लागि राज्य सरकारले एउटा महत्वपूर्ण कदम उठाएको छ। सल्टलेकस्थित आरक्षा भवनको ट्राफिक मुख्यालयमा एक अत्याधुनिक लाइभ ट्राफिक कन्ट्रोल रूम स्थापित गरिएको छ। शुक्रवार मुख्यमन्त्री शुभेन्दु अधिकारीले यस नयाँ कन्ट्रोल रूमको औपचारिक उद्घाटन गरे। मुख्य सचिवको विशेष पहल अनि आईडी ट्राफिक त्रिपुरारीको नेतृत्वमा तयार गरिएको यो कन्ट्रोल रूमले राज्यभरिकै प्रमुख मार्गहरूमा हुने वाहनहरूक आवागमनमाथि प्रत्यक्ष निगरानी राख्नेछ।
उद्घाटनपछि मुख्यमन्त्रीले भने, प्रसासनिक सेवाहरूमा प्रत्यक्ष निगरानी राख्नुपर्ने आवश्यकता सम्बन्धी आफ्नो पूर्व अनुभवहरूको आधारमै उनले मुख्य सचिव र सम्बन्धित अधिकारीहरू समक्ष यस व्यवस्थाको प्रस्ताव राखेका थिए। यस कन्ट्रोल रूमको माध्यमबाट पश्चिम बङ्गालका सबै महत्वपूर्ण राष्ट्रिय एवं राज्य राजमार्गसँगसँंगै शहरी क्षेत्रहरूका ट्राफिकमाथि पनि सोझै निगरानी राख्न सकिन्छ। डानकुनी, फरक्का, कालियाचक, दालखोला औ इस्लामपुर जस्ता अत्यधिक भीड़भाड़ हुने क्षेत्रहरूमा हुने लामो जामको कारणलाई तत्कालै चिन्हित गरी त्यसको हल खोजिनेछ।
आम जनताको सुविधा र सिकायतहरूको तत्काल समाधान गर्ने उद्देश्यले मुख्यमन्त्रीले एक विशेष टोल फ्री नम्बर- 18003458922 पनि जारी गरेका छन्। यस अतिरिक्त चाँड़ै नै एउटा मोबाइल लिङ्क र व्हाट्स एप नम्बरलाई पनि सक्रिय बनाइनेछ जसको माध्यमबाट आम नागरिकले ट्राफिकसित सम्बन्धित कुनै पनि जानकारी सोझै प्रशासनसम्म पुऱ्याउन सक्नेछन्। मुख्यमन्त्रीले ट्राफिक पुलिसकर्मीहरूको सुरक्षा सुनिश्चित गर्ने, ट्राफिक कियोस्कको स्थितिमा सुधार ल्याउने तथा क्यामरालाई तत्काल ठीक गर्ने कड़ा निर्देश समेत दिएका छन्।
उनले यो पनि स्पष्ट पारे, जिल्लास्तरमा जिल्लाधिकारीहरू, पुलिस, रेलवे एवं राष्ट्रिय राजमार्ग प्राधिकरणका अधिकारीहरूसित समन्वय बैठक गरेर एक एकीकृत कार्ययोजना बनाइनेछ। मुख्यमन्त्रीले बताए, उनले पालसिट, डानकुनी, फरक्का र धुलागढ़ जस्ता केही प्रमुख चेकपोस्टहरूको व्यक्तिगत रूपमा निरीक्षण गरिसकेका छन्। अतिरिक्त निगरानीको खाँचो रहेका क्षेत्रहरूलाई एक्शन पोइन्टको रूपमा चिन्हित गरिएको छ।
पहाड़ी क्षेत्रहरूको उल्लेख गर्दै मुख्यमन्त्रीले भने, दार्जीलिङ र कालेबुङमा लगभग सात प्रतिशत सड़कको उपयोग पार्किङ्गको लागि भइरहेको जसबाट जामको गम्भीर समस्या उत्पन्न हुन्छ। उनले जिल्ला प्रशासनलाई पार्वतीय क्षेत्रहरूमा वैकल्पिक पार्किङ्ग स्थल खोज्ने निर्देश दिएका छन्। यसको साथै स्कूलका विद्यार्थीहरूको आवागमनको वर्तमान स्थितिमाथि पनि चिन्ता व्यक्त गर्दै उनले भने, विद्यार्थीहरूको सुरक्षित यात्रा सुनिश्चित गर्नु सरकारक प्राथमिकतामा सामेल छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा