
कोलकाता, 18 सेप्टेम्बर (हि.स.)। आगामी उपचुनाउको लागि ममता ब्यानर्जीको पार्टी तृणमूल कङ्ग्रेसको 'जोड़ा फूल' चुनाउ चिन्ह फ्रीज गरिएपछि भारतीय जनता पार्टी (भाजपा) ले कटाक्ष गरेको छ। चुनाउ आयोगको फसेलामाथि प्रतिक्रिया व्यक्त गर्दै भाजपाका प्रदेश अध्यक्ष तथा राज्यसभा सांसद शमिक भट्टाचार्यले यसलाई 'दैवको न्याय' बताए। उनले भने, अब तृणमूल नामक कुनै पार्टी बचेन, यो पूर्ण रूपले मृत र निर्मूल भइसकेको छ।
शुक्रवार कोलकाता हवाईअड्डामा पत्रकारहरूसित बातचित गर्दै शमिक भट्टाचार्यले ममता ब्यानर्जी र उनको नेतृत्वमाथि लक्षित गरे। उनले अतीतको एउटा घटनाको उल्लेख गर्दै भने, यो माथि बस्नेको न्याय हो। एक समय थियो जतिबेला उत्तर 24 परगना र ब्यारकपुर क्षेत्रमा तृणमूलले यो फतवा जारी गरेको थियो कि यदि सिन्दूर र अलताको प्याकेटमा कमलको फूलको तस्वीर छ भने त्यसलाई बेच्न सकिँदैन। आज उनको साथमा पनि त्यस्तै भएको छ।
उनले चर्को स्वरमा भने, तृणमूलको चुनाउ चिन्ह रहोस् कि नरहोस्, त्यसले आम जनतालाई अब कुनै फरक पर्नेवाला छैन।
स्मरण गराइन्छ, राष्ट्रिय निर्वाचन आयोगले बितेको बिहिवार स्पष्ट आदेश दिएको थियो कि कालीघाट (ममता) गुट र बागी ऋतब्रत गुटमध्ये कसैले पनि उपचुनाउमा 'जोड़ा फूल' चिन्हलाई प्रयोग गर्न सक्नेछैन। आयोगले शुक्रवार बिहान 11 बजीसम्म दुवै पक्षलाई नयाँ नाम र प्रतीकको विकल्प जमा गर्न भनेको थियो। शुरुमा कालीघाट गुटका नेता कल्याण ब्यानर्जीले आयोगको उक्त फसेलालाई पूर्ण रूपले स्वीकार गरेका थिए, तर राजनीतिक परिस्थितिको बाध्यताले ममता ब्यानर्जी खेमालाई अन्ततः ई-मेलको माध्यमबाट आयोगलाई आफ्नो नयाँ नाम अनि प्रतीकको सूची पठाउनु पऱ्यो।
अर्कोतिर ऋतब्रत गुटले पनि चुनाउ आयोगलाई आफ्नो प्रस्तावित नाम र प्रतीकहरूको सूची सुम्पिएको छ। सूत्र अनुसार विद्रोही गुटले आफ्नो नयाँ नयाँ पार्टीको लागि 'लोकतान्त्रिक तृणमूल कङ्ग्रेस' वा 'पश्चिम बङ्गाल तृणमूल कङ्ग्रेस' नामको प्रस्ताव दिएको छ।चुनाउ चिन्हको रूपमा उनीहरूले लिफाफा, ब्ल्याकबोर्ड र टर्चको माग गरेका छन्। तथापि बङ्गालको राजनीतिमा लिफाफा चिन्हको प्रयोग पहिलाबाटै इण्डियन सेक्युलर फ्रन्ट (आईएसएफ)-ले गर्दै आएको छ भने टर्चको निशान एसयूसीआई पार्टीको हो। अब दुवै गुटको प्रस्तावमाथि अन्तिम फसेला चुनाउ आयोगले नै लिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा