भारत-नेपाल सीमामा 73.03 ग्राम ब्राउन शुगर सहित दुई नेपाली पक्राउ
भारत-नेपाल सीमा पर 73.03 ग्राम ब्राउन शुगर के साथ दो नेपाली गिरफ्तार


किशनगञ्ज, १८ सेप्टेम्बर (हि.स.)। भारत-नेपाल सीमामा लागुऔषध तस्करी विरुद्ध सञ्चालन भइरहेको अभियान अन्तर्गत सशस्त्र सीमा बल (एसएसबी) र दिघलबैंक थाना पुलिसले संयुक्त कारबाहीमा ७३.०३ ग्राम ब्राउन शुगर सहित दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ।

जफत लागुऔषधको अन्तरराष्ट्रिय बजारमा अनुमानित मूल्य लगभग डेढ़देखि दुई लाख रुपियाँ रहेको बताइएको छ। सहायक कमान्डेन्ट मनोज कुमार अनुसार, गोप्य सूचनाका आधारमा कारबाही गरिएको थियो। पैदल दिघलबैंक बजारतर्फ जाँदै गरेका दुई जनाले संयुक्त गस्ती टोलीलाई देखेपछि भाग्ने प्रयास गरेका थिए।

गस्ती टोलीले तत्काल उनीहरूलाई पछ्याउँदै दिघलबैंक विद्यालय नजिकै सीमा स्तम्भ नम्बर १३४ बाट लगभग ६०० मिटर भारततर्फ घेराबन्दी गरी पक्राउ गरेको पुलिसले बताएको छ। तलासीका क्रममा उनीहरूदेखि ७३.०३ ग्राम पदार्थ जफत भयो। परीक्षणपछि उक्त पदार्थ ब्राउन शुगर भएको पुष्टि भएको पुलिसले बताएको छ।

पक्रा पर्नेमा नेपालको झापा जिल्लाका भरत हेमरम र रघुवीर ताजपुरिया रहेका छन्। दिघलबैंक थाना प्रभारी विपिन कुमार अनुसार, दुवैसँग सोधपुछ भइरहेको छ। पुलिसले जफत ब्राउन शुगर कहाँ पुर्याउन लागिएको थियो र तस्करीमा अन्य को-को संलग्न छन् भन्नेबारे अनुसन्धान गरिरहेको छ।

सम्भावित तस्करी सञ्जालसँग जोड़िएका अन्य व्यक्तिहरूबारे समेत पुलिसले जानकारी सङ्कलन गरिरहेको छ। पुलिसले लागुऔषध सम्बन्धी कानुन अन्तर्गत मुद्दा दर्ता गरी दुवैलाई न्यायिक हिरासतमा पठाउने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सीमा क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रणका लागि संयुक्त गस्ती तथा निगरानीलाई निरन्तरता दिइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande