
गोपेश्वर, 18 सेप्टेम्बर (हि.स.)। उत्तराखण्डका विभिन्न क्षेत्रहरूमा महिला एवं नाबालिकाहरूमाथि भइरहेको हत्या, दुष्कर्म तथा उत्पीड़नका घटनाहरूलाई लिएर चामोली जिल्ला कङ्ग्रेस कमिटीका जिल्लाध्यक्ष सुरेश डिमरीले प्रदेश कङ्ग्रेसलाई लक्षित गरेका छन्।
डिमरीले अङ्किता भण्डारी हत्याकाण्ड, हेमा नेगी र पिङ्की हत्याकाण्डको उल्लेख गर्दै भने, यी घटनाहरूपछि पनि महिलाहरूमाथि गम्भीर अपराध भइरहनु गम्भीर चिन्ताको विषय हो। उनले चम्पावतमा नाबालिकसित कथित सामूहिक दुष्कर्म भएको मामिला सहित मङ्गलौर, द्वाराहाट र श्रीनगरका घटनाहरूको पनि उल्लेख गरे।
उनले भने, महिला अपराध कुनै एउटा क्षेत्रसम्ममात्र सीमित छैन। राजधानीदेखि लिएर पार्वतीय क्षेत्रहरूमा समेत यस्ता घटनाहरू भइरहेकाले महिला सुरक्षा अनि कानून व्यवस्थाको प्रभावशीलतमाथि प्रश्न उठाउँछ। डिमरीले भने, घटनामछि मुद्दा दर्ता गर्नु र पक्राउ गर्नु मात्र पर्याप्त होइन। अपराधहरूलाई रोकथाम गर्नको लागि पुलिस गस्ती, संवेदनशील क्षेत्रहरूमा निगरानी तथा सिकायतहरूमाथि तत्काल कारबाही गर्ने व्यवस्थालाई मजबुत बनाउनुपर्छ।
कङ्ग्रेस जिल्लाध्यक्षले भने, महिला अनि छोरी-चेलीहरूलाई भयमुक्त वातावारण उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो। उनले महिला अपराधहरूको मामिलामा निष्पक्ष जाँच,समयबद्ध कारबाही तथा दोषीहरूलाई कानून अनुसार सजाय दिलाउनको साथै पीड़ित परिवारहरूलाई न्यायिक प्रक्रियामा आवश्यक सहयोग दिने माग समेत गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा