
नयाँ दिल्ली, 19 सेप्टेम्बर (हि.स.)। दिल्लीको सङ्गम विहारमा गए शुक्रवार साँझ सब्जी पकाउनेलाई लिएर भएको सामान्य घरेलु विवादमा एक जना व्यक्तिले कथित रूपमा आफ्नी पत्नीको गोली दागी हत्या गरिदियो। हाल आरोपी पुलिस हिरासतमा छ।
स्थानीय मानिसहरूले बताए अनुसार शुक्रवार साँझ 7:30 बजr अचानक गोली चलेको जस्तो आवाज सुनियो, त्यसको तत्कालैपछि नानीहरू रोएको आवाज सुनियो। कुनै अप्रिय घटना भएको शङ्का लागेर छिमेकीहरू दौड़ेर घटनास्थलमा पुगे अनि ढोका ढक्ढकाए। अबेरसम्म ढोका खोलिएन जसले गर्दा मानिसहरूको शङ्का झन् गहिरो भयो। धेरै प्रयासपछि कमलेशले ढोका खोल्योअनि बाहिरआएर दाबी गऱ्यो, उसकी पत्नी पुनम (31)- ले आफैमाथि गोली चलाई। यति भनिराखेर उ घटनास्थलबाट भाग्ने प्रयास गर्नथाल्यो।
आरोपी डराएको तथा संदिग्धमाथि छिमेकीहरूलाई शङ्का लाग्यो, त्यसैले उनीहरूले उसलाई घेरेर पुलिसलाई सूचना दिए।
सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले आरोपीलाई हिरासतमा लियो। महिलाको घटनास्थलमै मृत्यु भइसकेको थियो।
स्थानीयहरूले बताए, कमलेश भवन निर्माणको काम गर्छ। लगभग छङ महिनाअघि मात्र उ सपरिवार यहाँ बस्न आएको थियो।
साउथ दिल्लीका पुलिस उपायुक्त अनन्त मित्तलले बताए, यस मामिलामा सम्बन्धित सबै पक्षहरूको जाँच गरिँदैछ। क्राइम र फोरेन्सिक टीमले घटनास्थलबाट प्रमाण जुटाएको छ। आरोपीसित रहेको अवैध हतियारको सम्बन्धमा अनि यस घटनालाई लिएर जाँचबुझ गरिँदैछ। आरोपीको दाबीको पनि तकनिकी जाँच गरिँदैछ जसमा उसले पत्नीले आफै आत्महत्या गरेको कुरा गरेको थियो। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा