
नयाँ दिल्ली, 19 सेप्टेम्बर (हि.स.)। दिल्लीको मोती नगर क्षेत्रमा शनिवार बिहान सवेरै एउटा घरमा आगो लागेको कारणले एलपीजी सिलेण्डर पड़्केर ठूलो दुर्घटना भयो जसमा एकजना युवकको घटनास्थलमै मृत्यु भयो। सूचना पाउनसाथ दमकलका तीन वटा वाहनले घटनास्थलमा पुगेर आगो निभाउने अभियान शुरू गरे।
दमकल विभाग मुताविक घटना भोर बिहान 3:25 बजी साहपुराको गल्ली नम्बर-11, तिलक नगर क्षेत्रमा भएको हो। सूचना पाएपछि दमकलहरूलाई घटनास्थलमा पठाइयो। दमकल अधिकारीहरू पनि घटनास्थलमा पुगे। उनले बताए, आगो घरक ग्राउण्ड फ्लोरमा लागेको थियो। यसै आगोले गर्दा त्यहाँ राखिएको एलपीजी सिलेण्डर पनि विस्फोट भयो जसक चपेटमा परेर एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। आगलागीको कारण पत्तो लगाइँदैछ। हाल दमकल र पुलिसले घटनासित सम्बन्धित पाटोहरूको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा