
नयाँ दिल्ली, 19 सेप्टेम्बर (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले शनिवार पीएस मौर्य एन्क्लेभमा ‘थाना दिवस’ जनसुनवाईमा सामेल भएर नागरिकहरूसित सम्वाद गर्दै उनीहरूको सिकायत सुने अनि तोकिएको समयमा त्यसको समाधान सुनिश्चित गर्ने निर्देश दिए।
उपराज्यपालले दिल्ली पुलिसलाई उनीहरूको मुख्य कामको बारेमा पुनः स्मरण गराउँदै भने, यस्तो पुलिसिङ्ग जुन देखियोस्, सहजै उपलब्ध होस्, तुरून्त प्रतिक्रिया देओस् तथा भ्रष्टाचारप्रति जीरो टरलेन्सको नीति अप्नाओस्। उनले अधिकारीहरूलाई निर्देश दिए, एफआईआऱको कपी तुरून्तै पाइयोस्, केसको बारेमा नियमित अपडेट दिइयोस्, बीट र नाइट पेट्रोलिङ्ग मजबुत होस् अनि महिला, बाल-बालिका एवं बुजुर्गहरूको सुरक्षामाथि विशेष ध्यान दिइयोस्।
उपराज्यपालले स्थानीय मानिसहरूसित बातचित गरी यस कुरामाथि बल दिए, भरोसा कायम गर्नु अनि दिल्लीलाई सुरक्षित बनाउनको लागि आरडब्ल्यूए एवं मार्केट एसोसिएशनसित सक्रिय साझेदारी गर्न अत्यन्त आवश्यक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा