कुचबिहारमा ‘चियामा चर्चा’-मा दिलीप घोषले तृणमूललाई लक्षित गरे
कुचबिहारमा ‘चियामा चर्चा’-मा दिलीप घोषले तृणमूललाई लक्षित गरे


कुचबिहार, 20 सेप्टेम्बर (हि.स.)। राज्यका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोष कुचबिहार जिल्लासित सम्बन्धित पञ्चायत विभागको महत्वपूर्ण बैठकमा सामेल हुनका लागि कुचबिहार आएका छन्। आइतवार बिहान उनले सागरदिघीको किनारमा आयोजित ‘चियामा चर्चा’ कार्यक्रमपछि पत्रकारहरूसित बातचित गरे। यस अवधि घोषले तृणमूल कङ्ग्रेसलाई लक्षित गर्दै भने, उनी कुचबिहारका मानिसहरूलाई धन्यवाद दिन आएका हुन्। उपचुनाउमा तृणमूलका उम्मेद्वारलाई लिएर पार्टीभित्र भइरहेको तानातानको सन्दर्भमा उनले दाबी गरे, एक हप्ता पनि लागेन, एउटा सिङ्गो पार्टी सिद्धियो।

दिलीप घोषले आरोप लगाे, धाँधली, पैसा काउने अनि भ्रष्टाचारको माध्यमबाट बङ्गाललाई नोक्सान पुऱ्याउने प्रयास गरियो। उनले भने, मानिसहरूले मौका पाए जसको जवाफ उनीहरूले दिए। उनले भने, कतिपय मानिसहरूले अहिले पनि बयानबाजी गरिरहेका छन्, तर त्यसको कुनै फाइदे हुनेवाला छैन।

कथित भ्रष्टाचारको मुद्दामा पनि मन्त्रीले भने, मामिलाको जाँच भइरहेको छ। यस मामिलामा धेरै जनालाई पक्राउ गरिसकिएको छ। भ्रष्टाचारको मामिलामा कुनै पनि व्यक्तिलाई छुट दिइनेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande