
आसनसोल, 20 सेप्टेम्बर (हि.स.)। हावड़ाको लिलुआमा बागेश्वर धामका पीठाधीश एवं कथावाचक धीरेन्द्र शास्त्रीको एक कार्यक्रममा बङ्गाली र दुर्गा पूजालाी लिएर गरिएको कथित टिप्पणीको विरोध गरेकै कारणले एकजना कङ्ग्रेस नेतालाई झुटो मामिलामा चार दिनसम्म जेलमा राखेको आरोप लगाइएको छ। जेलबाट रिहा भएपछि अब कङ्ग्रेस नेता अरूप मुखर्जीले सोशल मिडियामा भाजपासित सम्बन्धित एकजना व्यक्तिले उनलाई ज्यानमारा धम्की दिरहेको आरोप लगाएका छन्। यस मामिलामा उनले आसनसोल दक्षिण थानामा लिखित सिकायत दर्ता गरेका छन्।
कङ्ग्रेस कार्यकर्ताहरूको साथमा थानामा पगेका अरूपले आऱोप लगाए, हावड़ाको लिलुआमा कथावाचक धीरेन्द्र शास्त्रीको कार्यक्रममा बङ्गाली र दुर्गा पूजालाई लिेर गरिएको टिप्पणीको विरोधमा उनले शान्तिपूर्ण तथा लोकतान्त्रिक ढङ्गमा आन्दोलन गरेका थिए। उनको दाबी छ, यसै विरोधपछि उनलाई सताइयो अनि झुटो मामिलामा चार दिनसम्म थानाको लकअपमा राखियो। अरूपले आऱोप लगाए, लिलुाको कार्यक्रममा बङ्गालीहरूको दुर्गा पूजा मान्ने, खान-पान र धार्मिक आस्थालाई लिएर टिप्पणी गरिएको थियो। उनले दाबी गरे, बङ्गालीहरूको मांसाहारी तथा शाकाहारी भोजनदेखि लिएर पण्डित र अधार्मिकसम्म भनिएको जस्तो कुरा गरियो तथा दुर्गापूजाको पण्डाल मुनि बङ्गालीहरूले फोहोर खाना पकाउने टिप्पणी पनि गरियो। यसैको विरोधमा उनले शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन गरेका थिए।
उनले भने, प्रत्येक बङ्गालीको रगतमा नेताजी सुभाषचन्द्र बोसको धरोहर छ भने उनीहरूका आदर्श स्वामी विवेकानन्द र कविगुरू रवीन्द्रनाथ ठाकुर हुन्। उनले भने, उनलाई कानूनमाथि भरोसा छ र कानून सबैभन्दा माथि छ।
अरुप मुखर्जीको आरोप अनुसार जेलबाट आएपछि एउटा फेसबुक पेजमा सुशान्त कुमार हिन्दू नामक व्यक्तिले उनलाई धम्की दियो। सिकायतकर्ताको दाबी छ, उक्त व्यक्तिले आफूलाई भाजपा सङ्गठनसित आवद्ध रहेको बताउँछ जसले फेसबुकमा गरिएको टिप्पणीको माध्यमबाट उनलाई धम्की दियो।
यसै सिकायतको आधारमा अरुप मुखर्जी, शाह आलम खान समेत अन्य पार्टी कार्यकर्ताहरू आसनसोल दक्षिण थानामा पुगेर लिखित सिकायत दर्ता गराएका छन्। कङ्ग्रेस नेताले प्रश्न उठाए, लोकतान्त्रिक देशमा शान्तिपूर्म ढङ्गमा आन्दोलन गर्नु पनि अपराध हो?उनले पुलिससित मामिलाको जाँच गरी कारबाही गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा