बजाली पुलिसको ठूलो सफलता,5.56 लाख नगद र करोड़ौंको सुन-चाँदीको गहना जफत
बजाली पुलिसको ठूलो सफलता,5.56 लाख नगद र करोड़ौंको सुन-चाँदीको गहना जफत


बजाली (असम), 25 सेप्टेम्बर (हि.स.)। बजाली पुलिसले व्यापक स्तरमा कारबाही गर्दै 5.56 लाख रुपियाँ नगद सहित करोड़ौं रुपियाँको सुन र चाँदीका गहनाहरू जफत गरेको छ। पुलिसले यस मामिलामा दुई जना कथित चोरहरूलाई पनि पक्राउ गरेको छ।

पुलिसले पक्रा पर्ने आरोपीहरूको पहिचान हरब अली र चहरूद्दीन शेखको रूपमा गरेको छ। पुलिस अुसार दुवैलाई एक अभियानमा पक्राउ गरिएको हो भने दुवैबाट नगद र प्रचुर मात्रामा सुन-चाँदीका गहनाहरू जफत गरिएको छ।

पुलिसले फेला परेका सबै वस्तुहरूलाई जफत गरी मामिलाको अग्रिम जाँच शुरू गरेको छ। अधिकारीहरूले बताए, पक्रा पर्ने आरोपीहरूसित जाँचबुझ गरिँदैछ साथै चोरीका अन्य घटनाहरूमा पनि यिनीहरूको संलिप्तता छ कि छैन, पत्तो लगाइँदैछ।जफत गरिएका वस्तुहरूको वास्तविक मालिक र त्यसको श्रोत पत्तो लगाउन पुलिस जुटिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande