'जब कार्ड धारक'-हरूले प्रतिवर्ष पाउनेछन् 34 हजार 500 रुपियाँ', मुख्यमन्त्रीको किसानहरूका लागि बिजुली सब्सिडी र एमएसपीमाथि महत्वपूर्ण घोषणा
'जब कार्ड धारक'-हरूले प्रतिवर्ष पाउनेछन् 34 हजार 500 रुपियाँ', मुख्यमन्त्रीको किसानहरूका लागि बिजुली सब्सिडी र एमएसपीमाथि महत्वपूर्ण घोषणा


कोलकाता, 25 सेप्टेम्बर (हि.स.)। आगामी दुर्गा पूजा अगावै पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका किसान अनि जब कार्ड धारकहरूको लागि उपहारहरू लिएर आएका छन्। शुक्रवार पूर्व बर्दवान जिल्लामा आयोजित एक प्रशासनिक बैठकमा मुख्यमन्त्रीले केही महत्वपूर्ण घोषणाहरू गरे जसमा किसानहरूलाई बिजुली बिलमा ठूलो छुट तथा पीएम किसान सम्मान निधिको राशि बढ़ाउने सामेल छन्।

बर्दवान भ्रमणको शुरुआत मुख्यमन्त्रीले सर्वमङ्गला मन्दिरमा पूजा-अर्चना गरेर गरे। त्यसपछि प्रसासनिक बैठकमा भाग लिए जसको मञ्चबाट उनले किसानहरूको लागि राहतको घोषणा गर्दै भने, सरकारले लगभग चार लाख किसानहरूलाई बिजुलीमा प्रतियूनिट दुई रुपियाँको सब्सिडी दिनेछ। यसबाट किसानहरूलाई प्रतिवर्ष 20-30 हजार रुपियाँसम्मको छुट प्राप्त हुनेछ।

किसानहरूको हितमा अझ एउटा टूलो कदम उठाउँदै मुख्यमन्त्रीले घोषणा गरे, यसै वर्षदेखिको 'पीएम किसान सम्मान निधि' योजना अन्तर्गत प्राप्त हुने 6 हजार रुपियाँलाई बढ़़ाएर 9 हजार रुपियाँ बनाइनेछ। यस अतिरिक्त जिल्लाका धान किसानहरूलाई आश्वस्त पार्दै उनले भने, सरकारले किसानहरूबाट सबै धान किन्नेछ जसको लागि 2 हजार 700 रुपियाँको न्यूनतम समर्थन मूल्य (एमएसपी) दिइनेछ। उनले मञ्चबाट कड़ा चेताउनी दिए, राज्यमा अब बिचौली र दलालहरूको शासन समाप्त हुनेछ।

ग्रामीण रोजगारलाई प्रोत्साहन दिनको लागि 'वीबी-जी राम जी' परियोजनाको उल्लेख गर्दै शुभेन्दु अधिकारीले भने, अब जब कार्ड धारकहरूलाई 100 दिनको सट्टा 125 दिनको काम प्राप्त भइरहेको छ। उनले आश्वस्त पारे, सरकारले यो सुनिश्चित गर्नेछ कि हरेकलाई 125 दिनको काम प्राप्त होस्अनि प्रत्येक जब कार्ड धारकलाई प्रतिवर्ष 34 हजार 500 रुपियाँ दिइनेछ।।

बैठकमा मुख्यमन्त्रीले पछिल्लो पाँच महिनाभित्रमा राज्यमा भित्रिएको औद्योगिक निवेशको पनि विस्तृत ब्यौरा पेश गरे। उनले बताए, डानकुनीमा लक्स कोजीले 60 करोड़ रुपियाँ निवेश गरिरहेको छ जसको कारखानाको भूमिपूजन सम्पन्न भइसकेको छ। साङ्कराइलमा अमूलले 700 करोड़ रुपियाँको निवेशबाट मिष्टी दोई (गुलियो दही) बनाउने कारखाना स्थापना गरिरहेको छ। मेजियामा फेरि अर्को नयाँ स्टील कारखानामाको लागि 15 हजार करोड़ रुपियाँ निवेश गरिँदैछ भने रधुनाथपुरमा अमित मेट्यालिकले पाँच हजार करोड़ रुपियाँको लागतमा नयाँ कारखाना स्थापना गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande