
काठमाडौं, २७ सेप्टेम्बर (हि.स.)। नेपाल उच्चतम अदालतका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंगबहादुर राणालाई पुलिसले पक्राउ गरेको छ। काठमाडौं अपराध शाखाको टोलीले आइतबार बिहान महाराजगञ्जस्थित उनको निवासबाट उनलाई नियन्त्रणमा लिएको हो।
पूर्व प्रधानन्यायाधीश राणाविरुद्ध काठमाडौं अपराध शाखामा उजुरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको जनाइएको छ। यद्यपि, पुलिसले उजुरी तथा आरोपसम्बन्धी विवरण भने हालसम्म सार्वजनिक गरेको छैन। पुलिसले चाँडै सबै विवरण सार्वजनिक गर्ने जनाएको छ।
राणा २ जनवरी, २०१९ मा नेपालको उच्चतम अदालतका प्रधानन्यायाधीश बनेका थिए। १३ फरवरी, २०२२ मा संसदमा उनीविरुद्ध महाभियोग प्रक्रिया शुरु भएपछि संवैधानिक व्यवस्थाअनुसार उनी स्वतः निलम्बनमा परेका थिए। उनीविरुद्ध लामो समयसम्म उच्चतम अदालतमा मुद्दा चलेको थियो।
हालै उच्चतम अदालतले उनीविरुद्धको महाभियोग प्रक्रिया पूरा नभएको भन्दै उनको पेन्सन तथा अवकाशपछि पाउने सबै प्रकारका रकम रिलीज गर्न आदेश दिएको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने गरेको निर्णयलाई राणाको नेतृत्वमा रहेको संवैधानिक पीठले खारेज गरेको थियो। सोही क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि आदेश दिइएको थियो।
हिन्दुस्थान समाचार / बिशाल