किसानहरूले मशाल र ढोल बजाएर आफ्नो फसलको रखवाली गरिरहेका छन्
किसानहरूले मशाल र ढोल बजाएर आफ्नो फसलको रखवाली गरिरहेका छन्


झाड़ग्राम, 06 सेप्टेम्बर (हि.स.)। जिल्लाको लालगढ़ क्षेत्रमा जङ्गली हात्तीहरूको आतङ्कबाट दिक्क भइसकेका किसानहरूले अहिलेघरि अनौठो उपायले आफ्नो फसलको रक्षा गरिरहेका छन्। उनीहरूले राती मशाल बालेर तथा मादल बजाएर खेतहरूको पहरादारी गरिरहेका छन्। किसानहरूले दाबी गरेका छन्, यसरी हात्तीहरूलाई खेतमा प्रवेश गर्नदेखि रोक्नमा सफलता प्राप्त भइरहेको छ।

गए शनिवार राती आजनाशुली निवासी मनोज महतोले बताए, क्षेत्रमा सयभन्दा अधिक जङ्गली हात्तीहरू छन्। साँझ पर्नसाथ हात्तीहरूको बथानै खेतमा पसेर सम्पूर्ण फसललाई नष्ट पारिदिन्छ। वन विभागद्वारा हात्तीहरूलाई लखेट्नको लागि कुनै ठोस कदम नउठाइएको कारणले किसानहरूले आफै आफ्नो अन्नबाली बचाउने प्रयास गरिरहेका छन्।

मेदिनीपुर वन विभागको लालगढ़ वन क्षेत्रको भाउदी बीट अन्तर्गत आजनाशुली गाउँमा बितेका केही दिनदेखिको साँझदेखि बिहान नहुञ्जेलसम्म पालै-पालो किसानहरूले आफ्नो खेतको निगरानी गरिरह्का छन्। यस क्षेत्रमा लगभग 125 वटा हात्तीहरू उपस्थित रहेको बताइएको छ। हात्तीहरूको बथान रात पर्नसाथ भोजनको खोजीमा खेतभित्र पसेर फसललाई नोक्सान पुऱ्याइरहेको छ।

ग्रामीणहरू अनुसार लगभग 6-7 दिनअघि खड़गपुर वन विभागको कलाइकुण्ड वन क्षेत्रबाट लगभग 120-125 वटा हात्तीहरू कँसावती नदी तरेर चाँदड़ा वन क्षेत्र हुँदै लालगढ़को आजनाशुली क्षेत्रमा आएका छन्। दिउँसो यी हात्तीहरू जङ्गलभित्रै बसे पनि रात परेपछि भोजन खोजीमा निक्लिन्छन्। लक्ष्मणपुर, बनिशोल औ चालपुड़ाका जङ्गलहरूमा यी हात्तीहरू बसेको बताइएको छ।

ग्रामीणहरूको आरोप छ, हात्तीहरूलाई लखेट्नको लागि वन विभागलाई सूचना दिइएको भए पनि अहिलेसम्म कुनै प्रभावकारी कदम उठाएको छैन। त्यसपछि किसानहरू आफैले हात्तीलाई रोक्ने प्रयास शुरू गरेका छन्। उनीहरूले जलिसकेको मोबिलले मशाल बनाएर घर-घरमा राखेका छन् अनि धामसा-मादल बजाएर हात्तीहरूलाई खेतदेखि टाड़ा राख्ने प्रयास शुरू गरेका छन्।

गाउँकै कृषक हरिपदो घोषालले बताए, आजनाशुली, लक्ष्मणपुर, मध्यमकुमारी सहित वरपरका क्षेत्रहरूमा लगभग सयभन्दा अधिक किसानहरूको 200-250 बिघा फसललाई हात्तीले गर्दा नोक्सान पुगेको छ।

पूर्व वन अधिकारी एवं हाथी विशेषज्ञ समिर मजुमदारले किसानहरूको यस प्रयासलाई समर्थन गरेका छन्। उनले भने, हात्तीहरूले वर्षौंदेखिको पटाकाको आवाज सुनेर उनीहरू अभ्यस्त भइसकेका छन्। धामसा-मादलको आवाज उनीहरूको लागि नयाँ हो। उनले भने, हात्तीहरूले अत्यन्त कम आवृत्तिको आवाजलाई पनि सुन्नसक्छ। साथै ठूलो कान भएको कारणले चर्को अनि अपरिचित वाद्य ध्वनिबाट दिक्क भएर आफ्नो बाटो परिवर्तन गर्नसक्छन्। आगोबाट पनि हात्ती सामान्यतः डराउँछ। हात्तीहरूलाई नोक्सान नपुऱ्याइ अर्को दिशा तर्फ मोड़्ने किसानहरूको प्रयास सराहनीय रहेको उनले बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande