
मेदिनीपुर, 05 सेप्टेम्बर (हि.स.)। बितेका केही दिनदेखिक अविरल वर्षा एवं जलाशयहरूबाट पानी छोड़िएको कारणले पश्चिम मेदिनीपुर जिल्लाको घाटालमाा शीलावि र झुमी नदीको जलस्तर पुनः बढ़्न थालेको छ। नदीको पानी बढ़्नाले घाटाल खण्डका विस्तृत क्षेत्र लगायत घाटाल नगरपालिकाका केही वार्डहरू पानीमा डुबेका छन्। सड़कदेखि लिएर दुर्गापूजा मण्डपसम्मकै क्षेत्र पानीमा डुबेको छ।
सबैभन्दा चिन्ताजनक स्थिति शिक्षण संस्थानहरूको रहेको छ। शिक्षा विभागको सूत्रानुसार घाटाल नगरपालिका क्षेत्रमा 34 वटा प्राथमिक विद्यालयहरू छन् जसमध्ये 20 वटा प्राथमिक र एउटा कनिष्ठ उच्च विद्यालयमा पानी भरिएको कारणले बढ़ाई ठप्प भएको छ। कतिपय विद्यालयहरूको परिसर मात्र नभएर कक्षाभित्रै पानी भरिएको छ। विद्यार्थीहरू बस्ने डेस्क-बेञ्च तथा लगायत सामानहरू समेत पानीमा डुबेका छन्।
स्थिति अझ गम्भीर बन्दै गइरहेको छ किनभने जलमग्न भएका कक्षाहरूमा विषालु सर्पहरू घुमिरहेको देखियो। यसले गर्दा विद्यार्थीहरूसँगसँगै शिक्षक-शिक्षिकाहरूको सुरक्षालाई लिएर पनि चिन्ता बढ़्दो छ। पानी कहिले सुकेर विद्यालय कहिले खोलिने हो, कुनै निश्चित छैन। जलस्तर सामान्य नहुञ्जेलसम्म विद्यालयहरूलाई खोल्न गाह्रै हुने बताइएको छ।
यता दुर्गापूजापूर्व फेरि एकपटक घाटाल जलमग्न भएको कारणले स्थानीय मानिसहरू चिन्तित भएका छन्। कतिपय स्थानहरूमा पूजा मण्डप बनाउन शुरू गरिसकिएको थियो, तर पानी पसेर स्थिति गम्भीर भएको छ। यसरी उत्सवको तयारी भइरहेको समय सम्पूर्ण क्षेत्र नै जलमग्न भएपछि चिन्ता बढ़्नु स्वभाविक हो।
प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ। तथापि नदीहरूको जलस्तर यसरी नै बढ़िरहे स्थिति अझ गम्भीर हुने आशङ्का छ। घाटालको विस्तृत क्षेत्रका बासिन्दाहरू यसै चिन्तामा डुबेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा