बसको चपेटमा परी युवकको मृत्यु
बसको चपेटमा परी युवकको मृत्यु


मेदिनीपुर, 06 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालको पश्चिम मेदिनीपुर जिल्ला अधिनस्थ घाटालमा सड़क पार गर्दै गर्दा बसको चपेटमा परी 28 वर्षीय युवकको मृत्यु भयो। मृतकको पहिचान घाटाल शहरको दुई नम्बर वार्ड निवासी आकाश रायको रूपमा भएको छ।

स्थानीय सूत्र अनुसार आकाशले घाटालस्थित एक दन्त चिकित्सकको कक्षमा काम गर्थे। गए शनिवार राती नौ बजे तिनले घाटालको विवेकानन्द मोड़ नजिकबाट सड़क पार गरिरहेका थिए। यसै अवधि तिनी हावड़ा गइरहेको ‘लक्ष्मी नारायण’ नामक बसको चपेटमा परे।

प्रत्यक्षदर्शीहरू अनुसार बसको चक्का आकाशको अनुहार र शहीरमाथि पऱ्यो। घटनापछि स्थानीय मानिसहरूले तिनलाई तत्काल घाटाल अनुमण्डल अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले जाँच गरेपछि तिनलाई मृत घोषित गरिदिए।

आकाशको मृत्युको खबर पाउनसाथ परिवारमा शोक व्याप्त भएको छ। तिनले आफू पछाड़ि पत्नी र एकजना छोरीलाई छोड़ेर गएका छन्। उनका दाज्यु सुरजीत राय घाटाल योगदा सत्सङ्ग विद्यालयमा लिपिकको पदमा कार्यरत छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande