बीआरएस एमएलसी ताटा मधु पक्राउ
बीआरएस एमएलसी ताटा मधु


हैदराबाद, 0८ सेप्टेम्बर (हि.स.)। आपत्तिजनक टिप्पणी गरेको आरोपमा पुलिसले मंगलबार बिहान हैदराबादस्थित न्यू एमएलए क्वार्टर्सबाट बीआरएसका एमएलसी ताटा मधुलाई पक्राउ गरेको छ। उनलाई नारायणगुडा पुलिस थानामा लगिएको छ। ताटा मधुविरुद्ध एससी/एसटी अत्याचार निवारण ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

उनीलाई नामपल्ली अदालतमा पेश गर्ने सम्भावना रहेको छ। स्पीकर गड्डम प्रसाद कुमारका ओएसडी पोलेमपल्ली वेंकटेशमले दिएको उजुरीका आधारमा मधुलाई पक्राउ गरिएको हो। पुलिसले बीआरएसका अर्का एमएलसी नवीन रेड्डीलाई पनि कोकापेटस्थित उनको निवासबाट हिरासतमा लिएको छ।

स्पीकर गड्डम प्रसाद कुमारविरुद्ध गरिएको आपत्तिजनक टिप्पणीपछि मुख्यमन्त्री ए. रेवन्त रेड्डीले सोमबार विधान परिषद्का अध्यक्ष गुत्ता सुखेन्दर रेड्डीसँग बीआरएस एमएलसी ताटा मधुसूदनलाई उच्च सदनबाट तत्काल बर्खास्त तथा निष्कासन गर्न माग गरेका थिए।

मुख्यमन्त्रीले यो प्रसाद कुमारको व्यक्तिगत अपमान मात्र नभई स्पीकरको पद, सदन तथा समग्र तेलंगानाको गरिमाको अपमान भएको बताएका छन्। यस घटनालाई ‘कालो दिन’ को संज्ञा दिँदै रेवन्त रेड्डीले एमएलसी मधुसूदनले सभामुख र उनको परिवारविरुद्ध प्रयोग गरेको भाषा अक्षम्य रहेको बताए।

सोमबार सत्तारूढ कांग्रेस सरकारलाई लक्षित गर्दै विरोधका नारासहितका टी-सर्ट लगाएर विधानसभा परिसर पुगेका बीआरएस नेताहरूलाई सुरक्षाकर्मीले प्रवेश गर्न दिएका थिएनन्। ती टी-सर्टमा ‘कांग्रेस आफ्ना ग्यारेन्टीहरू कार्यान्वयन गर्न असफल भयो’ र ‘१,००० दिनको शासन पूर्ण रूपमा असफल’ जस्ता नारा लेखिएका थिए।

तेलंगाना विधानसभाको मानसुन अधिवेशन सोमबारदेखि शुरु भएको हो। पहिलो दिनमै बीआरएसका विधायकहरूले सदनबाहिर ठूलो हंगामा गरेका थिए। पुलिसले बल प्रयोग गरेको विरोधमा राज्यका विभिन्न भागमा बीआरएस कार्यकर्ताहरूले रेवन्त सरकारविरुद्ध प्रदर्शन गर्नुका साथै पुत्ला जलाएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande