
नयाँ दिल्ली, 0८ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला र रक्षामन्त्री राजनाथ सिंहसहित विभिन्न नेताहरूले मंगलबार केन्द्रिय कपडा मन्त्री गिरिराज सिंहलाई उनको जन्मदिनको अवसरमा हार्दिक शुभकामना दिएका छन्।
प्रधानमन्त्री मोदीले ‘एक्स’ मा लेखेका छन्, “मन्त्री गिरिराज सिंहलाई जन्मदिनको धेरै-धेरै शुभकामना। उहाँले कपडा क्षेत्रलाई सुदृढ बनाउन विभिन्न पहल गरिरहनुभएको छ। यो क्षेत्र भारतीय विरासतसँग गहिरोसँग जोडिएको छ र आत्मनिर्भरता हासिल गर्ने हाम्रो दृष्टिकोण पूरा गर्न अत्यन्त महत्वपूर्ण छ। उहाँको दीर्घायु तथा स्वस्थ जीवनको कामना गर्दछु।”
लोकसभा अध्यक्ष ओम बिरलाले गिरिराज सिंहको स्वस्थ, प्रसन्न तथा मंगलमय जीवनको कामना गर्दै आफूले ईश्वरसँग प्रार्थना गर्ने बताएका छन्।
रक्षामन्त्री राजनाथ सिंहले गिरिराज सिंह जमिनसँग जोडिएर अत्यन्त लगनशीलताका साथ देश तथा समाजको विकासका लागि काम गरिरहेको बताएका छन्। उनले ईश्वरले उनलाई स्वस्थ राखून् र दीर्घायु प्रदान गरून् भन्ने कामना गरेका छन्।
केन्द्रिय गृहमन्त्री तथा सहकारितामन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा कपडा उद्योगलाई प्रवर्द्धन गर्न तथा बुनकर र कारीगरलाई आत्मनिर्भर बनाउने दिशामा गिरिराज सिंहले सराहनीय काम गरिरहेको बताएका छन्।
केन्द्रिय सडक परिवहन तथा राजमार्गमन्त्री नितिन गडकरीले पनि गिरिराज सिंहको उत्तम स्वास्थ्य, दीर्घायु तथा सुखमय जीवनको कामना गरेका छन्।
भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनले पनि गिरिराज सिंहको उत्तम स्वास्थ्य, सुखी जीवन तथा दीर्घायुको कामना गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी