इटानगर, 11 अक्टोबर (हि.स.)। अरूणाचल प्रदेशमा मध्यम तीव्रताको भूकम्प महसूस गरियो। शनिवार बिहान 8.31.35 बजी आएको यस भूकम्पको तीव्रता रिक्टर स्केलमा 3.5 मापियो। अन्तिम सूचना पाउञ्जेलसम्म कोही हताहत भएको वा अन्य नोकसानको खबर आएको छैन।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले आफ्नो सोशल मीडिया प्लेटफार्म एक्समा बतायो, शनिवार बिहान 8:31:35 बजी आएको 3.5 तीव्रताको भूकम्पको केन्द्र पूर्वी कामेंग जिल्लामा 5 किलोमीटरको गहराईमा 27.52° उत्तर अक्षांश र 92.85° पूर्व देशान्तरमा स्थित थियो।
यद्यपि, जिल्लाका केही हिस्साहरूमा झटका महसूस गरियो तर अहिलेसम्म कुनै प्रकारको पनि नोकसानको कुनै सूचना पाइएको छैन। प्रशासनले स्थितिमाथि नजर राखिरहेको छ।
उत्तर-पूर्वी क्षेत्रमा सामान्यदेखि मध्यम तीव्रताको भूकम्प आउने सम्भावना रहन्छ। यसैले विशेषज्ञहरूले सम्बन्धित नागरिकहरूलाई सुरक्षा प्रोटोकलको पालन गर्ने सुझाउ दिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी