मुम्बई, 11 अक्टोबर (हि.स.)। महाराष्ट्रको मुम्बई पुलिसले असूली मामिलामा ग्याङ्ग्स्टर छोटा राजनको सहयोगी रवि मल्लेश वोरा उर्फ डीके राव (59) सहित तीन जनालाई पक्राउ गरेको छ। यी तीनै जनासित पुलिसले गहन सोधपुछ गरिरहेको छ।
यस मामिलाको छानबीन गरिरहेका पुलिस अधिकारीले बताए, बिल्डरलाई एक करोड़ रूपियाँ असूली मागेको, धम्की दिएको आरोप अन्तर्गत डीके रावलाई मुम्बई पुलिसले शुक्रवार राति पक्राउ गरेको थियो। यसपछि मुम्बई पुलिसको टीमले डीके रावको सहयोगी मिमित भूटा र अनिल परेरावलाई आज बिहान पक्राउ गरेको छ। यी तीनैसित गहन सोधपुछ जारी छ। यस अगाड़ी जनवरीमा डीके रावलाई एक छुट्टै बलजफ्ती असूली मामिलामा एक होटल व्यवसायीलाई ज्यानमारा धम्की दिएको आरोपमा पक्राउ गरिएको थियो।
अधिकारीले थप बताए, यद्यपि, यो घटना गत साल भएको थियो तर औपचारिक शिकायत हालमा दर्ता गरियो, जसपछि एक प्राथमिकी दर्ता गरियो र पछि गिऱफ्तारी भयो।
हिन्दुस्थान समाचार / भवानी थामी