दलहन मिशन आत्मनिर्भर भारतको दिशामा एतिहासिक कदम- मोदी
मोदी


नयाँ दिल्ली, 11 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका किसानहरूसित गहुँ र चामल बाहेक दालहरूमाथि ध्यान केन्द्रित गर्दै फसलहरूमा विविधता ल्याउने आग्रह गरे ताकि प्रोटीन सुरक्षा सुनिश्चित हुनसकोस् र भारत यस क्षेत्रमा पनि आत्मनिर्भर बन्नसकोस्।

प्रधानमन्त्रीले शनिवार यहाँ भारतीय कृषि अनुसन्धान संस्थान (आईएआरआई), पूसामा कृषि क्षेत्रको निम्ति ऐतिहासिक घोषणाहरू गर्दै 35,440 करोड़ रुपियाँका दुई प्रमुख योजनाहरू प्रधानमन्त्री धन-धान्य कृषि योजना र दलहनमा आत्मनिर्भरता मिशनको शुभारम्भ गरे। प्रधानमन्त्रीले भने, घरेलू उत्पादन बढ़ाएर आयात निर्भरता कम गर्नका लागि दलहन मिशन धेरै जरूरी छ। उनले किसानहरूसित गहुँ र चामलको साथ दाल उत्पादनमाथि विशेष ध्यान पुऱ्याउने र फसलहरूमा विविधता ल्याउने आह्वान गरे ताकि देशमा प्रोटीन सुरक्षा सुनिश्चित गर्न सकियोस्।

प्रधानमन्त्रीले भने, आजदेखि दलहन आत्मनिर्भरता मिशन शुरू भइरहेको छ। यो केवल दाल उत्पादन बढ़ाउने मिशन नभएर हाम्रो भावी पीढ़ीहरूलाई सशक्त बनाउने अभियान हो। भारत जस्तो कृषि प्रधान देशले अब गहुँ र चामलदेखि अगाड़ी बढ़ेर प्रोटीन आधारित फसलहरूको दिशामा सोच्नुपर्नेछ। यस मिशन अन्तर्गत तूर, उड़द र मसूर दालको उत्पादन बढ़ाउनमाथि जोड दिइनेछ र दालको उचित खरीदको व्यवस्था गरिनेछ, जसबाट लगभग दुई करोड़ दाल किसानहरूलाई सीधा प्राप्त होस्।

उनले भने, 11 हजार करोड़ रूपियाँभऩ्दा अधिकको लागतको यो मिशनले दलहन क्षेत्रमा नयाँ क्रान्ति ल्याउनेछ। दालको खेतीको क्षेत्रमा 35 लाख हेक्टरको वृद्धि गर्ने सरकारको लक्ष्य छ ताकि देशलाई दालहरूको आयातमाथि निर्भर रहनु नपरोस्। भारत विश्वको सबैभन्दा ठूलो खाद्यान उत्पादक देशहरूमध्ये एक हो तर दालहरूको मामिलामा हामीलाई आत्मनिर्भर हुनैपर्नेछ। गहुँ र चामलले पेट त र्भछ तर शरीरलाई सही बोषणको निम्ति पर्याप्त प्रोटीनको खाँचो हुन्छ। दाल भारतीयहरूका लागि प्रोटीनको सबैभन्दा ठूलो स्रोत हो र यसलाई आत्मनिर्भर बनाउने दिशामा यो मिशन निर्णायक प्रमाणित हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande