चेन्नई एयरपोर्टमा टर्यो ठूलो दुर्घटना, इन्डिगो फ्लाइटको विन्डशील्ड चर्कियो, 76 यात्री सुरक्षित
चेन्नई


चेन्नई, 11 अक्टोबर (हि.स.)। तमिलनाडूमा शुक्रवार अबेर राति त्यस समय एक ठूलो हवाई दुर्घटना टर्यो, जब मदुरईदेखि चेन्नई आइऱहेको एक प्राइवेट एयरलाइनको विमानको विन्डशील्ड उड़ानकै समय चर्कियो। पायलटको सतर्कता र एयर ट्राफिक कन्ट्रोल (एटीसी) को तत्परताले विमानलाई सुरक्षित ल्याण्ड गराइयो। विमानमा कूल 79 यात्री सवार थिए।

इन्डिगो एयरलाइन्सको एउटा सानो एटीआर यात्री विमानले मदुरई एयरपोर्टबाट उड़ान भरेको थियो। ल्याण्डिङको केही बेर अगाड़ी पायलटको नजर ककपिटको ऐनामा पऱ्यो, जसमा चर्किएको निशान देखियो। स्थितिको गम्भीरतालाई बुझेर पायलटले तुरन्तै यसको सूचना एयर ट्राफिक कन्ट्रोलरलाई दियो। सूचना पाउनसाथ एटीसीको टीम तुरन्तै सक्रिय भयो र विमानलाई सुरक्षित ल्याण्ड गराउन सबै आवश्यक निर्देश दियो। केही बेरपछि विमानलाई चेन्नई एयरपोर्टमा सुरक्षित ल्याण्ड गराइयो। दुर्घटनाको समय विमानमा सवार सबै 79 यात्री सुरक्षित छन्।

विमान शुक्रवार राति 10.07 बजी मदुरैदेखि चेन्नईको निम्ति प्रस्थान भयो, जसमा 74 यात्री र पाँच चालक दलको सदस्य सवार थिए। जब विमान चेन्नईतिर उड़िरहेको थियो तब विन्डशील्डमा हल्का चर्चेको निशान देखियो। ऐना चर्किएको देखेर पायलटले तुरन्तै चेन्नई हवाई अड्डाको नियन्त्रण कक्षका अधिकारीहरूसित सम्पर्क गऱ्यो र उनीहरूलाई सूचित गऱ्यो। यसपछि चेन्नई हवाई अड्डाको नियन्त्रण कक्षका अधिकारीहरूले विमानलाई चेन्नईमा सुरक्षित ल्याण्ड गर्ने आदेश दिए।

दिल्ली स्थित नागरिक उड्डयन महानिदेशालय (डीजीसीए) ले घटनाको जाँचको आदेश दिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande