नयाँ दिल्ली, 11 अक्टोबर (हि.स.)। समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष अखिलेश यादवको फेसबुक अकाउन्ट 12 घण्टा ब्लक रह्यो। समाजवादी पार्टीले यस कारबाहीलाई लोकतन्त्रमाथि हमला ठहर गऱ्यो। यी आरोपहरूमा सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले सरकारको कुनैपनि भूमिकालाई खारेज गरे। वैष्णवले शनिवार मीडियासित कुराकानीमा भने, यस कारबाहीमा सरकारको कुनै भूमिका छैन। अखिलेश यादवको पेजलाई फेसबुकको नीति उल्लङ्घन, विशेष रूपमा अपमानजक भाषाको कारण हटाइएको थियो। यस कारबाहीमा सरकारको कुनै हस्तक्षेप छैन।
उल्लेख्य, शुक्रवार राति अखिलेश यादवको फेसबुक अकाउन्ट ब्लक गरिएको थियो। उनका आठ मिलियन फेसुक फलोअर्स छन्। समाजवादी पार्टीको आईटी टीमले मेटालाई यसको सूचना दिँदा शनिवार दिनमा उनको फेसबुक अकाउन्ट अनब्लक गरियो। मेटाले यो कारबाही उनको फेसबुकमा ‘हिंसक र अश्लील पोस्ट’ को कारण गरेको थियो। मेटाको यस कारबाहीमा सपा नेताहरूले सरकारलाई यसको निम्ति जिम्मेवार ठहर गरेका थिए।
सपा प्रवक्ता फखरुल हसन चांदले पेज सस्पेन्शनलाई लिएर आरोप लगाए, केन्द्रको भाजपा सरकारले विरोधी आवाजहरूलाई दबाउने प्रयास गरेको छ। अखिलेशको वेरिफाइड अकाउन्ट सरकारी दबाउ बिना सस्पेन्ड हुनसक्दैन।
हिन्दुस्थान समाचार / भवानी थामी