गान्धीनगर, 11 अक्टोबर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू आज गुजरातको द्वारका पुगिन्। उनले द्वारकामा भगवान द्वारकाधीशको चरणहरूमा शिर निहुराएर दर्शन गरिन्।
राष्ट्रपतिले भगवान द्वारकाधीशसित भारतका नागरिकहरूको सुख, शान्ति र समृद्धिका लागि हृदयपूर्वक प्रार्थना गरिन्। उनले भक्तिभावले शास्त्रोक्त विधि अनुसार पादुका पूजन गरी धन्यताको अनुभव गरिन्।
यस अवसरमा द्वारकाधीश मन्दिरमा पर्य़टन मन्त्री मूलुभाई बेर, जिल्ला कलेक्टर राजेश तन्ना, रेञ्ज आईजी अशोककुमार यादव, पुलिस अधीक्षक जयराजसिंह वाला, प्रान्त अधिकारी अमोल आवटे, प्रशासक तथा नायब कलेक्टर हिमांशु चौहानले राष्ट्रपतिको ऊपरणा, द्वारका मन्दिरको प्रतिकृति, फूल र तुलसीले बनेको “अनुग्रहम” अगरबत्ती, गोल्ड प्लेटेड द्वारकाधीशको स्वरूप तथा प्रसाद भेट गरी स्वागत जनाए।
राष्ट्रपतिको साथ उनकी छोरी इतिश्री मुर्मू र अन्य गणमान्य व्यक्ति उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी