नयाँ दिल्ली, 13 अक्टोबर (हि.स.)। बाहिरी जिल्लाको पुलिसले अवैध रूपमा सुतिरहेका छःजना अफ्रिकी नागरिकहरूलाई पक्राउ गरेको छ। यो कारबाही निहाल विहार थाना क्षेत्रमा गरिएको हो। पुलिसको गस्ती टीमले सतर्कता देखाउँदै सबैलाई घटनास्थलबाट पक्राउ गरेको हो। पछि सबैलाई कानूनी प्रक्रिया अन्तर्गत विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालय (एफआरआरओ)-लाई सुम्पिइयो ताकि उनीहरूको निर्वासनको कारबाहीलाई पूरा गर्न सकियोस्।
बाहिरी जिल्लाका पुलिस उपायुक्त सचिन शर्माले सोमवार बताए, दिल्लीमा अवैध रूप रूपमा सुतिरहेका विदेशी नागरिकहरूको बढ़्दो सिकायतलाई मध्यनजर गर्दै यो अभियानलाई तीव्रता दिइएको छ। निहाल विहार थानाको टीमले गत 10 अक्टोबरमा चंदर विहार क्षेत्रमा गस्ती गरिरहेको थियो। यसै अवधि टीमलाई सूचना प्राप्त भयो, केही विदेशी नागरिकहरू वैध दस्तावेज बिनै एउटा घरमा बसिरहेका छन्। सूचना पाउनसाथ टीमले छापा माऱ्यो। पुलिसलाई देखेर यी छःजना विदेशी नागरिकहरू भाग्न थाले, तर पुलिसले यिनीहरूलाई समात्यो।
जाँचबुझमा उनीहरू आफ्नो पासपोर्ट र भिजा दस्तावेज देखाउन असमर्थ भए। अनुसन्धानको क्रममा थाहा लाग्यो, उनीहरूको भिजाको अवधि समाप्त भइसकेको छ र उनीहरू लामो समयदेकिकै दिल्लीमा अवैध रूपमाबस्दै आइरहेका छन्। यी विदेशी नागरिकहरूको पहिचान क्यामरून निवासी फ्र्यांक फोटचिंग, रोमियो लूसियन, नाइजीरिया निवासी स्यामुएल, माल्क फराडे, इनौसा, घना निवासी इवांस डांसोको रूपमा भएको छ। पुलिसले विदेशी नागरिकहरूलाई आश्रय दिएको आरोपमा घर मालिकविरूद्ध मामिला दर्ता गरेको छ। पुलिस उपायुक्त अनुसार सबै विदेशी नागरिकहरूलाई नरलास्थित डिटेन्शन सेन्टरमा राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा