असमका राज्यपालले गरे आठौं कोडेक्स कमिटीको सत्रको शुभारम्भ
असमका राज्यपालले गरे आठौं कोडेक्स कमिटीको सत्रको शुभारम्भ


गुवाहाटी, 13 अक्टोबर (हि.स.)। उपभोक्ता स्वास्थ्यको सुरक्षा औ खाद्य व्यापारमा निष्पक्षतालाई प्रोत्साहित गर्ने उदेश्यले असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज गुवाहाटीमा आयोजित कोडेक्स कमिटी अनि स्पाइसेस एण्ड क्यूलीनरी हर्ब्सको 8औं सत्रको शुभारम्भ गरे।

राज्यपालले भने, भारतको मसाला उत्पादन एवं व्यापारको क्षेत्रमा गौरवशाली इतिहास रहिआएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले हाल 195 वटा देशहरूलाई मसाला निर्यात गरिरहेको छ जसबाट वर्ष 2024-25 मा लगभग 40 हजार करोड़ रुपियाँको राजस्व प्राप्त भयो।

उनले भने, असम र पूर्वोत्तर क्षेत्र अर्गेनिक तथा उच्च गुणस्तरीय मसालाको केन्द्र बन्दै गइरहेको छ। कार्बी आंगलोंगको अदुवा, लखादोंग हल्दी र भूत जोलोकिया खुर्सानी जस्ता जीआई-ट्याग प्राप्त उत्पादहरू यसको पहिचान हो।

राज्यपाल आचार्यले भने, असममा देश-विदेश दुवैको लागि उच्च गुणस्तरीय हर्ब अनि स्पाइस आपूर्ति गर्न सक्ने क्षमता छ। ‘वान डिस्ट्रिक्ट, वान प्रोडक्ट’ जस्ता योजनाहरूको सराहना गर्दै उनले भने, कोडेक्स कमिटीले किसान अनि वैज्ञानिकहरूबीच सेतुको काम गर्छ।

कार्यक्रममा एफएसएसएआईका सीईओ रजित पुनानी, डा. एमआर सुबदर्शन, स्पाइसेस बोर्डकी सचिव पी हेमलथा तथा कोडेक्स सचिवालयकी डा. हिल्डे क्रूसे सहित केही देशका प्रतिनिधिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande