गान्तोक, 13 अक्टोबर (हि.स.)। राजधानीको 'क्राफ्टेड फाइबर्स' का संस्थापक एवं प्रगतिशील उद्यमी डा. छेवाङ नर्बु भोटियाले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।
यस भेट अवधि डा. भोटियाले राज्यपाललाई 'क्राफ्टेड फाइबर्स' का विकासात्मक कार्यहरूको बारेमा जानकारी दिए। उनले भने, हालैमा संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ, जसपछि कर्मचारीहरूको संख्या वृद्धि भएको छ। स्थानीय युवा र महिलाहरू यस पहलसॅंग जोडिएर आत्मनिर्भरताको दिशामा अग्रसर बनिरहेका छन्।
उनले संस्थामा तानको संख्या बढाइएको भए तापनि उत्पादन क्षमतालाई अझ सुदृढ बनाउन संख्या बढाउनुपर्ने बताए। उनले हालैको अमेरिका भ्रमणको जानकारी गराउॅंदै आफ्नो संस्थाका उत्पादहरू अन्तरराष्ट्रिय मञ्चमा प्रदर्शित गरेको बताए। त्यहॉं उनका उत्पादहरूको सराहना भएको पनि उनले बताए।
राज्यपालले डा. भोटियाका प्रयासहरूको सराहना गर्दै उनको कार्यलाई राज्यको सामाजिक र आर्थिक विकासको लागि प्रेरणादायक बताए। उनले संस्थाको भविष्यका योजनाहरूको बारेमा जानकारी लिॅंदै राजभवनको तर्फबाट हरसम्भव सहयोगको आश्वासन पनि दिए।
राजभवन अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो लोकप्रिय रेडियो कार्यक्रम मन की बातमा डा. छेवाङ नर्बु भोटियाको उल्लेख एक प्रगतिशील उद्यमीको रूपमा गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल