दुर्गापुर ग्यांगरेप काण्डमा भाजपाको आरोप- ‘ममताले राती साढ़े बाह्र बजेसम्म पीड़िता बाहिर रहेको बारेमा झुटो बोलिन्’
दुर्गापुर ग्यांगरेप काण्डमा भाजपाको आरोप- ‘ममताले राती साढ़े बाह्र बजेसम्म पीड़िता बाहिर रहेको बारेमा झुटो बोलिन्’


कोलकाता, 13 अक्टोबर (हि.स.)। दुर्गापुरमा 23 वर्षीय ओडिशाकी एमबीबीएस छात्रासित भएको सामूहिक दुष्कर्म मामिलाले पश्चिम बंगालको राजनीतिलाई झक्झकाइदिएको छ। भाजपाले आरोप लगाएको छ, मुख्यमन्त्री ममता ब्यनर्जीले यस घटनाको तथ्यलाई लुकाउने अनि पीड़ितामाथि नैै दोष लगाउने चेष्टा गरिरहेकी छन्।

भाजपा आईटी सेल प्रमुख अमित मालवीयले सोमवार बिहान ‘एक्स’-को पोस्टमा भने, ममता ब्यनर्जीले पीड़िता बाहिर गएको समयलाई लिएऱ “झुटो बोलिन्।” उनले दाबी गरे, मुख्यमन्त्रीले भनेकी थिइन् कि छात्रा राती साढ़े बाह्र बजे कलेज क्याम्पसदेखि बाहिरिएकी थिइन् जबकि मेडिकल कलेजको आधिकारिक रेकर्ड अनुसार तिनी साँझ 8 बजे नै बाहिरिएकी थिइन्। मालवीयले लेखे, “आईक्यू सिटी मेडिकल कलेज एण्ड हस्पिटल अनुसार पीड़िता राती साढ़े बाह्र बजे होइन, आठ बजे बाहिरिएकी थिइन्। यो पूर्ण रूपले सामान्य हो, तर मुख्यमन्त्रीले झुटो बोलेर जनतालाई भ्रमित पारिन्।”

उनले अझ आरोप लगाए, ममता ब्यनर्जीले अपराधको जिम्मेवारी निजी कलेजमाथि लगाउने प्रयास गरिन् जबकि असली असफलता राज्यको कानून-व्यवस्थाको थियो। मालवीयले भने, “कलेज वरपरका क्षेत्रहरू विगत लामो समयदेखिकै असामाजिक गतिविधिहरूको केन्द्र रहँदै आएका छन् जहाँ पर्याप्त प्रकाश र पुलिसको पहरादारी थिएन। यो पूर्ण रूपले प्रशासनिक लापरवाहीको परिणाम हो।”

यसै क्रममा भाजपा नेता प्रदीप भण्डारीले पनि ममता ब्यनर्जीमाथि बंगालका महिलाहरूको गरिमासित सम्झौता गरेको आरोप लगाए। उनले ‘एक्स’ -मा लेखे, “ममता ब्यनर्जीको झुट पक्रा परेको छ। उनले भनेका थिए, छात्रा राती साढ़े बाह्र बजे बाहिर जानु हुँदैनथ्यो। तर रेकर्डले बताए अनुसार घटना राती 8 बजे भएको हो। मुख्यमन्त्रीले गृहमन्त्री अनि मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्छ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande