बिहार विधानसभा चुनाउ-2025ः दोस्रो चरणको अधिसूचना आजदेखि जारी, 122 सीटमा हुनेछ मतदान
बिहार विधानसभा चुनाउ-2025ः दोस्रो चरणको अधिसूचना आजदेखि जारी, 122 सीटमा हुनेछ मतदान


पटना, 13 अक्टोबर (हि.स.)। बिहार विधानसभा चुनाउ- 2025 को दोस्रो चरणको लागि नामांकन प्रक्रिया आजदेखि औपचारिक रूपमा शुरू भएको छ। यस चरणमा 122 सीटमा मतदान हुनेछ।

निर्वाचन आयोगले बतायो, दोस्रो चरणको अधिसूचना जारी हुनसाथै नामांकन प्रक्रिया आजदेखि शुरू हुनेछ जुन आगामी 20 अक्टोबरसम्म जारी रहनेछ। नामांकन पत्रको जाँच 21 अक्टोबरमा गरिनेछ भने उम्मेद्वारहरूले आगामी 23 अक्टोबरसम्ममा आफ्नो नाम फिर्ता लिन सक्नेछन्।

दोस्रो चरणको मतदान आगामी 11 नोभेम्बरमा गराइनेछ जसको मतगणना आगामी 14 नोभेम्बरमा हुनेछ। चुनाउको सम्पूर्ण प्रक्रिया आगामी 16 नोभेम्बरसम्ममा समाप्त हुनेछ। उल्लेखनीय छ, हाल राज्यमा पहिलो चरणको नामांकन प्रक्रिया जारी छ जुन आगामी 17 अक्टोबरसम्म चल्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande