बाँकुड़ामा युवकको शव नहरमा भेटियो
बाँकुड़ामा युवकको शव नहरमा भेटियो


बाँकुड़ा, 13 अक्टोबर (हि.स.)। बाँकुड़ा जिल्लाको कोतुलपुर थाना अन्तर्गत खिरी गाउँको रामचक मोड़ क्षेत्रमा सोमवार बिहान एक जना युवक शव नहरमा भेटियो। मृतकको पहिचान भोला चक्रवर्तीको रूपमा भएको छ।

प्रत्यक्षदर्शीहरू अनुसार युवकको शव मोटरसाइकमाथि थियो। प्रारम्भिक जाँचमा पुलिसले अनुमान व्यक्त गरेको छ, युवकको मृत्यु सड़क दुर्घटनामा भएको हुनसक्छ। शवलाई पोस्टमर्टम गर्नको लागि बिष्णुपुर जिल्ला अस्पतालमा पठाइएको छ।

स्थानीय सूत्र मुताविक सोमवार बिहान खिरी गाउँका केही मानिसहरू बिहान घुम्न हिँड़ेका थिए, यसै अवधि उनीहरूले रामचक क्षेत्रको नहरमा एक जना युवकलाई बाइकसितै भुइँमा लड़ेको देखे। तत्कालै कोतुलपुर थानामा सूचना दिइयो। घटनास्थलमा पुगेर पुलिसले शवलाई कब्जामा लिई जाँच शुरू गऱ्यो।

पुलिस जाँचमा थाहा लागेको छ, मृतक भोला चक्रवर्ती मधुवन गाउँका निवासी थिए। आइतवार तिनी बाइक मार्फत मधुवनदेखि कोतुलपुर तर्फ गइरहेका थिए। यसै क्रममा यो दुर्घटना भएको र बाइक सवारको घटनास्थलमै मृत्यु भएको हुनसक्ने स्थानीयहरूले अनुमान व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande